Saturday, October 3, 2026
Home समाज मन्दिरको जग्गा स्थानीयद्धारा कब्जा

मन्दिरको जग्गा स्थानीयद्धारा कब्जा

117

भदौ ४,
सल्यान । २०५५ सालमा सरकारले मोहीले गुठीको जग्गा रैकरमा परिणत गरेर प्रयोग गर्न पाउने निर्णय गरेपछि रुद्रेश्वर महादेवको एक सय चार रोपनी गुठीको जग्गा स्थानीयले अतिक्रमण गरी लामो समयदेखि प्रयोग गर्दै आएका छन् । स्थानीयका अनुसार अहिले शिवजन मावि रहेको स्थानदेखि बसपार्क र टाउन प्लानिङ गरेको स्थान पनि गुठीको जग्गा थियो । अहिले त्यहाँ वरपर मन्दिर अगाडिको पुरानो भवन मात्र गुठीको नाममा बाँकी रहेको उहाँको भनाइ छ । २० वर्षअघि मोहीका रूपमा प्रयोग गरेका स्थानीयले गुठीको जग्गा रैकरमा परिणत गरेर बिक्रीसमेत गरिसकेका छन् । पहिले गुठीका नाममा रहेको अधिकांश जग्गामा अहिले पक्की घर र अन्य संरचना बनेका छन् । जिल्ला मालपोत कार्यालयका अनुसार रुद्रेश्वर महादेवको गुठीको नाममा अहिले २१ रोपनी जग्गा मात्र देखिन्छ । ०५५ मा गुठीको जग्गा रैकरमा परिणत गरेपछि अहिले आठ रोपनी ११ आना मात्र बचेको र त्यो पनि मोहीले भोगचलन गर्दै आएको कार्यालय प्रमुख लीलाबहादुर बस्नेतले बताए । यस्तै गुठीका नाममा रहेको २ रोपनी ६ आना बगर खेत कार्यालयको ढड्डामा देखिए पनि कहाँ छ भन्ने पत्ता लगाउन नसकिएको कार्यालयले जनाएको छ ।