Friday, June 19, 2026
Home Blog Page 1926
भदौ ६, काठमाडौं । मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाएका छन् । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । घन्टाघरस्थित जामे मस्जिदमा पनि बिहानैदेखि भीड लागेको छ । नमाज पढिसकेपछि घरमा...
भदौ ६, झापा । झापाको उत्तर बाहुनडाँगीमा हात्ती धपाउने क्रममा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराजको मृत्यु भएको हो । उनको शव खेतमा भेटिएको वडाध्यक्ष हर्क बस्नेतले जानकारी दिनुभयो ।
भदौ ६, सिरहा । प्रतिबन्धित लागूऔषधसहित प्रहरीले सिरहा र सप्तरीको विभिन्न स्थानबाट मङ्गलबार साँझ चार जनालाई पक्राउ गरेको छ । डेढ किलो गाँजासहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ का ५० वर्षीय कुलदेव चौधरीलाई पक्राउ गरिएको हो । यस्तै सप्तरीको सुरुङ्गा नगरपालिका–३ कडोरवोना चोकबाट प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–९ का २२ वर्षीय नवराज खत्रीलाई पक्राउ गरेको छ । खत्रीको साथबाट लागूऔषध ५२ एम्पुल फेनारगन,...
भदौं ६, धादिङ । गाउँबासी सबैको आवास पुनःनिर्माण लाभग्राही सूचीमा नाम भएर पनि घर बनाउन नपाएपछि बेनिघाट रोराङ गाउँपालिका–२ पार्लाक, भैँसे र बाङकूर्तिका चेपाङ समुदाय आक्रोशित भएका छन् । भूकम्पले ध्वस्त भएको बस्तीमा पुनःनिर्माण प्राधिकरणबाट आएका प्राविधिक टोलीले घरको सर्वेक्षण गरेर गएपछि अनुदान सम्झौता भए पनि जग्गाको लालपूर्जा नहुँदा उनीहरूले घर बनाउन नपाएको पूर्णबहादुर चेपाङले बताउनुभयो । आवास पुनःनिर्माण सूचीमा...
भदौ ६, काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले काठमाडौमा भाडाका ट्याक्सी चलाउने चालकहरुले आज बुधबारबाट अनिवार्य ड्रेस लगाउनुपर्ने भएको छ । बुधबार सुन्धरामा विशेष कार्यक्रम गरि राजधानीमा भाडाका ट्याक्सी चलाउने ड्राइभरका लागि अध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागू भएको जनाएको हो । महानगरिय ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि ड्रेस लगाउनुपर्ने व्यवस्था सुरु भएको भएपनि...
भदौं ५, बुटवल । मुस्लिम समुदायको महान् पर्व बकर ईद ९इदुल जोहा० का अवसरमा प्रदेश ५ सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव मधु पौडेल ९ज्ञवाली० ले आज एक सूचना जारी गरीे मुस्लिम समुदायको महान् पर्व बकर ईद ९इदुल जोहा० का अवसरमा प्रदेश सरकारले भदौ ६ गते सार्वजनिक बिदा दिने...
भदौं ५, काठमाडौँ । नेपालको परराष्ट्र सेवाका पूर्वराजदूतहरुको संस्थाले तीन दशकभन्दा बढी परराष्ट्र सेवामा योगदान गरी फ्रान्सका लागि नेपालको राजदूत भइसक्नुभएका सङ्घका संस्थापक सदस्य केशवराज झाको सोमबार भएको हत्याको छानबिनको माग गरेको छ । गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बेग्लाबेग्लै पत्र लेखेर पूर्वराजदूत झाको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कानूनबमोजिम सजाय गर्न माग गरेको सो संस्थाले जनाएको...
अंगालोको इशाराः यदि आफ्नो पार्टनर (पुरुष)लाई महिलाहरुले आफ्नो अंगालो पार्टनर(पुरुष)को शरीरको एकदमै नजिकै राख्छिन् भने त्यहाँ पुरुषले बुझ्नुपर्छ कि उनकी पार्टनरको मनमा केही इच्छा जागेको छ । यसका साथै यदि महिलाहरुको हात उनको टाउकोमा, तपाईको टाउकोमा वा तपाईको छातिमा राखिएको छ भने यो पनि त्यस कुराको संकेत हो कि उनी तपाईसँग कम्फर्टेबल अर्थात सहज महसुस मानिरहेकी छन् र आफूलाई रोक्न चाँहदिनन्...
भदौ ५, कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीका दुई जना बालिकाको माछा मार्ने क्रममा आज दोदा नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीया अञ्जली चौधरी र १० वर्षीया माला राना रहेका छन् । साथीसँगै माछा मार्न गएका दुवै बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । मृतक...
भदौं ५, भक्तपुर । भक्तपुर जिल्लाबाट ३ आर्थिक वर्षभित्रमा विभिन्न उमेर समुहका ९ सय ३५ जना मानिसहरु हराएको तंथ्याक प्रहरीमा रहेको छ । २०७१/०७२ देखि अघिल्लो आर्थिक वर्षभित्रमा महिला, पुरुष, बालक र बालिका गरेर ९ सय ३५ जना हराएको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार सो समयमा ४ सय २७ जना महिला हराएका छन् ।...