Friday, June 19, 2026
Home Blog Page 1924
भदौ ९, काठमाडौं । नेपाली काँग्रेसको आसन्न महासमिति बैठक मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भएको छ । शनिबार बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकले आसन्न महासमिति बैठक मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । देशव्यापी रुपमा छलफल गरेर पार्टीको पुनर्संरचना गर्नुपर्ने भएकाले पार्टीको महासमिति बैठक सो मितिमा गर्ने सर्वसम्मत निर्णय लिइएको पार्टीका प्रवक्ता विश्वप्रकाश...
भदौ ९, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोसीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानआकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका साँसद र केन्द्रीय सदस्यहरुसंग कुरा गर्दे प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भिर...
भदौं ९, सिरहा । गोलबजार नगरपालिका–१० चोहर्वास्थित घरबाट हराइरहेकी ५५ वर्षीया कारीदेवी यादवको शव शनिबार बिहान भेटिएको छ। उनको शव नरहा गाउँपालिका–१ देवीपुरका रामदेव यादवको बाँसघारीमा गाडेको अवस्थामा फेला पारेका हुन्। कारीदेवी १६ दिनदेखि बेपत्ता थिइन्। कारीदेवी घरबाट नै बेपत्ता भएपछि खोजी गर्दै देवीपुर पुगेको गाउँलेको समूहले देवीपुरका रामदेवको खेतबारी र बाँसघारीमा खोज्ने क्रममा शनिबार बिहान शव गाडिएको अवस्थामा भेटेका...
भदौं ९, कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा फेला परेको छ । उनी विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी थिइन् । थानीयले पुष्पाको बलात्कार पछि भएको आशंका गरेका छन् । उनीहरुका अनुसार मृतकको लगाएको स्कर्ट शव भएको स्थान भन्दा ३र४ हात पर...
भदौं ८, पोखरा । नेपाली नारीको महान चाड हरितालिका तीज भड्किलो भइ यसले हुनेखाने र हुँदा खानेबीचको दूरी बढाउँदै लगेको पाइएको छ । तीज आउनुपूर्व नै यसका नाममा एक डेढ महिना अघिदेखि महङ्गा होटल तथा रेष्टुराँमा भेला भइ भोज खाने प्रबृत्ति बढिरहेको छ । बीस प्रतिशत सम्पन्न व्यक्तिको यस्ता प्रबृत्तिले ८० प्रतिशत मध्यम एवं विपन्न वर्गलाई मनोवैज्ञानिक असर पार्नुका...
भदौ ८, काठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला शाखाको आठौँ अधिवेशन आउँदो असोज १० गते हुने भएको छ । शाखा कार्यसमितिको आज भृकुटीमण्डपमा बसेको बैठकले उक्त अधिवेशन गर्ने निर्णय गरेको हो । युनियनले भदौ १५ गतेसम्म सबै नयाँ सदस्यले आवेदन दिइसक्नुपर्ने तथा भदौ १८ गतेसम्म पुरानो सदस्यता नवीकरण गर्नुपर्ने निर्णयसमेत गरेको छ । युनियनले सिफारिश छानबिनका लागि शाखाका...
भदौ ८, कास्की । उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नु पर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ । तराई र मधेशका फाँटमा पाइने लामखुट्टे पहाड चढेको...
भदौ ८, काठमाडौं । कामका लागि विदेश जान बाध्य धेरै युवाको सपना गरिबी मेटाउने नै हुन्छ । ती हरेक युवा आकासमा उड्दा एउटै कामना गर्छन्, जे होस् काठको बाकसमा फर्किनु नपरोस् । तर, विदेशी भूमिमा संघर्ष गर्दागर्दै कतिपयको यो याचना दैवले सुन्दैन । मृत्युले अंगालेपछि उसले कहिल्यै रहन नचाहेको कफिनमा थुनिएर फर्किन्छ, निर्जीव भएर । बेरोजगारीका कारण यो...
नागरिक दैनिक भदौ ८, विराटनगर । जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन्। स्थानीय तहको नेतृत्वमा पुग्नासाथ जनप्रतिनिधि आफ्नो सुविधा थप्ने ध्येयमा मात्रै भुलिँदा परिवर्तन अनुभव गर्ने सर्वसाधारणको आशामा तुसारापात भएको छ। प्रदेश १ का अधिकांश पहाडी जिल्लाका गाउँमा अझै पनि भरपर्दो उपचार सुविधा...
नयाँ पत्रिका दैनिक- भदौ ८, कञ्चनपुर । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको गत १० साउनमा बलात्कारपछि हत्या गरेर शव उखुबारीमा फालिएको थियो । न्यायका लागि चौतर्फी दबाब हुँदा पनि सार्थक अनुसन्धान गर्न नसकेको प्रहरीले घटनाको २५औँ दिनमा गत सोमबार निर्मलाका बाबुआमालाई जिल्ला प्रहरी कार्यालय बोलाएको थियो । दोषीका रूपमा प्रहरीले एकजना उभ्याएको थियो र उनीविरुद्ध किटानीजाहेरी दिन...