कांग्रेसले मंसिर ५ देखि ९ गतेसम्म महासमिति बैठक गर्ने

122

भदौ ९,
काठमाडौं । नेपाली काँग्रेसको आसन्न महासमिति बैठक मंसिर ५ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
शनिबार बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकले आसन्न महासमिति बैठक मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । देशव्यापी रुपमा छलफल गरेर पार्टीको पुनर्संरचना गर्नुपर्ने भएकाले पार्टीको महासमिति बैठक सो मितिमा गर्ने सर्वसम्मत निर्णय लिइएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले महासमिति बैठकका लागि सभापति शेरबहादुर देउवा नेतृत्वको मूल तयारी समिति गठन गरेको छ । समितिमा केन्द्रिय सदस्य र आमन्त्रित केन्द्रिय सदस्यहरु सदस्यको रुपमा रहने निर्णय पनि गरिएको प्रवक्ता शर्माले बताए ।
बैठकले महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन बनाउन उपसभापति विमलेन्द्र निधि नेतृत्वको समिति गठन गरेको छ । त्यसैगरी सांगठनिक प्रतिवेदन पार्टीका महामन्त्री डा। शशांक कोइराला र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सीतादेवी यादवले महासमिति बैठकमा पेश गर्ने तय भएको छ । बैठकले महासमिति बैठकमा पार्टीको अर्थ नीतिसम्बन्धि धारणा तय गर्न सहमहामन्त्री डा। प्रकाशरण महत नेतृत्वको समिति गठन गरेको छ । रातोपाटीबाट