कार्तिक १८,
काठमाडौं । प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यअनुसार विगतमा जुट्दै र फुट्दै आएका तीनवटा राप्रपा पुनः एकीकरण हुने भएका छन् । एक नेताले भने, ‘तीनै पार्टी एकता गरेर प्रजातान्त्रिक राष्ट्रवादी शक्ति बनाउनेमा दुई मत छैन र एकताको प्रतीकका रूपमा संवैधानिक राजतन्त्र राख्नेबारेमा पनि मतभिन्नता छैन । अबको हाम्रो एकता नेकपाको मोडलमा नै हुन्छ । त्यसका लागि...
कार्तिक १८,
चितवन । कुखुरा पालक किसानहरु लगातअनुसार मूल्य नपाएपछि आन्दोलित भएका छन् । नेपाल कुखुरा पालक किसान संघ केन्द्रिय समिति र जिल्ला समिति चितवनको अगुवाईमा चितवनका कृषकहरु आन्दोलित भएका हुन् । कुखुराको चल्लादेखि गुणस्तरीय दाना, औषधी, ल्यावजस्ता समस्यादेखि मूल्यको समानता नहुँदा कुखुरा पालक किसान मर्कामा परेको उनीहरुले बताए । चल्ला र दाना खरिद गर्दा सप्लायर्सको मनोमानी र मासुका...
कार्तिक १८,
बुटवल । इसाई धर्म प्रचारमा हिँडेका २ जापानी महिलाहरु बुटवलमा आज प्रक्राउ परेका छन् । धर्म परिवर्तन गर्ने उद्देश्यले इसाई धर्म प्रचार गर्दै हिँडेको आरोपमा दुई जापानी महिलासहित चारजना महिलालाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । बुटवल–१४ पदमपुर क्षेत्रको सुकुम्बासी बस्तीमा बाइबल ग्रन्थ र प्रचारक पुस्तक बोकेर धर्म प्रचारमा हिँडेका दुई जापानीज महिलासहित ४ जनालाई...
कार्तिक १७,काठमाडौं । फ्लोरिकल्चर एशोसियसनले यस वर्षको तिहारका लागि चाहिने आवश्यक पुूल स्वदेशी उत्पादनबाटै पुग्ने जनाएको छ । तिहारमा अध्याधिक प्रयोग हुने गोदावरी, सयपत्री र मखमली फूलको व्यवसायीक उत्पादन बढ्दै गएको भन्दै एशोसियसनले अघिल्लो वर्ष जस्तो यस बर्ष फूल आयात गर्नु नपर्ने दाबी गरेको हो । यद्यपि ग्रामिण तहमा उत्पादन भएका फूललाई बजारसम्म ल्याउने कठिनाईका कारण केही मात्रामा...
काठमाडौँ । फिल्म ‘प्रसाद’ को प्रोमो सार्वजनिक भएको छ । दिनेश राउत निर्देशित फिल्ममा निःसन्तान दम्पत्तीले भोग्नु पर्ने पिडालाई प्रस्तुत गरिएको छ । सञ्चारकर्मी सुशिल पौडेलको लेखन रहेको ‘प्रसाद’ मा बिपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिकामा प्रस्तुत भएका छन् । प्रोमोमा पनि यी तीन पात्रबिचको प्रेम र द्धन्द्धलाई देखाइएको छ । प्रोमोमा निश्चल बिपिन र नम्रताको...
कार्तिक १७,
इलाम । इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ ।
उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ । -Rss
कार्तिक १७,
नुवाकोट । मलेसियाका कारागारमा रहेका नुवाकोट म्यागङ गाउँपालिका–१ म्यागङभञ्ज्याङका हरिबहादुर घलेका परिवारले सरकारको पहलमा अहिलेसम्म उनले कारागारमा बसेको समय गणना गराउन आग्रह गरेको छ । लागुऔषध मुद्दामा मृत्युदण्डको सजाय पाएका घलेको मृत्युदण्ड माफी भए पनि यही कात्तिक ४ गते त्यहाँको अदालतले गरेको फैसलामा २० वर्ष कैद सजाय तोकेकाले उनका परिवारले अहिलेसम्मको कारागारमा बसेको अवधिसमेत गणना गराउनका लागि...
कार्तिक १७,
बैतडी । बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत भेटिएका छन् । दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउगाँउकी ५२ वर्षीया पार्वती भट्ट र उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत फेला परेको खोचलेक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिनुभयो । बुधवार घाँस काट्न भनेर घरबाट निस्कनुभएकी निर्मला साँझसम्म पनि घर नर्फकिँदा सासु पार्वती खोजतलास गर्न जाँदा उहाँ...
कार्तिक १७,
झापा । गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।सोही गाउँपालिकाकी १७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ । पीडित युवतीका बुबाले प्रहरीलाई दिएको उजुरीका आधारमा ताजपुरियालाई पक्राउ गरिएको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिनुभयो...
कार्तिक १७,
काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कोषमा अनियमितता नभएको दावी गरेको छ । केही दिनअघि राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमाथि गम्भीर ध्यानाकर्षण भएको भन्दै कोषले आफ्ना काम कारबाहीहरु ऐन, नियमअनुसार नै भएको बताएको हो । राष्ट्रिय सतर्कता केन्द्रले कोषको कामकारबाहीका विषयमा अध्ययन गरी केही दिनअघि कोषमा अनियमितता भएको र नीति निर्देशिकाअनुरुप काम नभएको ठहरसहितको...




