कुखुरा पालन व्यवसायमा विचौलिया हावीः किसानहरु आन्दोलनमा

187

कार्तिक १८,
चितवन । कुखुरा पालक किसानहरु लगातअनुसार मूल्य नपाएपछि आन्दोलित भएका छन् । नेपाल कुखुरा पालक किसान संघ केन्द्रिय समिति र जिल्ला समिति चितवनको अगुवाईमा चितवनका कृषकहरु आन्दोलित भएका हुन् । कुखुराको चल्लादेखि गुणस्तरीय दाना, औषधी, ल्यावजस्ता समस्यादेखि मूल्यको समानता नहुँदा कुखुरा पालक किसान मर्कामा परेको उनीहरुले बताए । चल्ला र दाना खरिद गर्दा सप्लायर्सको मनोमानी र मासुका लागि तयार भएका कुखुरामा विचौलियाको दलालीले किसान मर्कामा परेको उनीहरुको भनाई छ भने विचौलियालाई समेत कार्वाही गर्न माग उनीहरुले गरेका छन् । कुखुरा व्यवसाय गर्न धेरै युवाहरु इच्छुक हुँदाहुँदै पनि कुखुराका चल्ला र दानामा मनोमानी, औषधीको अभाव, ल्याव टेष्टमा समस्या, बजारीकरणमा समस्या र दक्ष प्राविधिक नहुनुले कुखुरा व्यवसाय फस्टाउन नसकेको उनीहरुको निष्कर्ष छ ।