Thursday, June 25, 2026
Home Blog Page 1862
पुस ३, नाइजेरियाका प्राध्यापक रिचार्ड एकिन्डेललाई छात्रासँग सेक्सको माग गरेको अभियोगमा सोमबार जेल सजाय तोकिएको छ । सिएनएनका अनुसार एकिन्डेलले मोनिका ओसागीको नम्बर बढाउनका लागि उनीसँग सेक्सको माग गरेका थिए । उनलाई छात्रामाथि अनुचित व्यवहार गरेको, आफ्नो उमेर ढाँटेको र प्रमाणमा फेरबदल गरेको आरोपमा दुई वर्षको जेल सजाय तोकिएको छ ।
पुस ३,काठमाडौँ– काँग्रेस महासमिति बैठकमा तनावको स्थिति आएको छ । विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राख्दा तनावकाे अवस्था सिर्जना भएको हो ।मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै गर्दा सहमहामन्त्री डा प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको...
पुस ३, काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेता भीम रावलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीको कडा आलोचना गरेका छन् । ओली– प्रचण्डको कार्यशैलीमाथि धेरै प्रश्न गर्ने ठाउँ भएको भन्दै उनले थप समय उपलब्ध गराइए सम्पूर्ण फेहरिस्त दिन तयार रहेको बताए ।बैठकमा हरेक स्थायी कमिटी सदस्यलाई धारणा राख्नका लागि २० मिनेट...
पुस ३, काठमाडौं– प्रहरीले सुन जस्तो देखिने ५१२ ग्राम पहेंलो धातु सहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ्ग एरियामा चेकजाँच गर्ने क्रममा कतार एयरवेयजको फ्लाईटबाट आएका चितवन, भरतपुर महानगरपालिका २३ बस्ने ३२ बर्षीय अमित घिसिङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले सुन जस्तो देखिने ४ थान बिस्कुट र १ थान...
पुस ३, उदयपुर । बेलका नगरपालिका–४ का ६६ वर्षीय डम्बरबहादुर तामाङले बेलका नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवन निर्माणका लागि रु ३० लाख मूल्य बराबरको डेढ कट्ठा जग्गादान गर्नुभएको छ । सुनसरी–चतरा–गाईघाट–कटारी, सिन्धुली–हेटाँैडा हुँदै काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गको मुखैमा रहेको जग्गा तामाङले वडा कार्यालयलाई दान गर्नुभएको हो । सो जग्गा जिल्ला मालपोत कार्यालयमा हालै पास गरिदिएको बेलका नगरपालिका–४...
पुस ३, तनहँु । दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा पत्रकारलाई ल्याब, टिकट, एक्सरे, दन्त सेवालगायतमा छुट दिने...
नेपाल समाचारपत्र, पुस ३ ललितपुर । कला संस्कृतिको नगरी ललितपुर महानगरपालिका स्थापना भएको सोमबार १ सय वर्ष पुगेको छ । यसै अवसरमा आयोजित शतवार्षिकी कार्यक्रमले भने जनप्रतिनिधि, कर्मचारी र नगरवासीमा खासै रौनक छाएको देखिएन । यस अघि स्थापना दिवसको कार्यक्रम जसरी चलिरहेको थियो, १ सय वर्षको कार्यक्रम पनि खासै फरक भएको अनुभूति उपस्थिति अधिकाशंले गर्न सकेन । कार्यक्रम पछाडि...
समाचारपत्र दैनिक पुस ३, काठमाडौं । सातवटै प्रदेशका उपसभामुखहरूले पद दिइए पनि अधिकार नदिएर आपूmहरूलाई मूर्तिलाई जस्तो ठानिएको गुनासो गरेका छन् । सोमबार सिंहदरबारमा भएको एक भेलामा उनीहरूले यस्तो गुनासो गर्दै लामो सङ्घर्ष गरेर उक्त स्थानमा पुगेको भए पनि महिला भनेर हेपेको आरोप समेत लगाए । प्रतिनिधिसभाका उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फे र राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालले समेत आफूहरुलाई पनि...
पुस २, काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकहरुले पोखरामा भव्य स्वागत गरेका छन् । सोमबार बिहान पोखरा विमानस्थलमा उत्रिएका पूर्वराजा शाहलाई भव्य पुष्पगुच्छासहित उनका समर्थकहरुले स्वागत गरेका हुन् । पूर्वराजा शाह विमानस्थलमा उत्रिएलगत्तै उनका समर्थकहरुले राजतन्त्रको पक्षमा नारा लगाएका थिए भने गणतन्त्रको विरोध गरेका थिए । उनीहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,’...
पुस २, काठमाडौं — राजधानीमा आफ्नो घर भए पनि नभएको भन्दै घरभाडा बुझिरहेका सांसद्हरुले संघीय संसद् सचिवालयमा पैसा फिर्ता गर्न थालेका छन् । संसद् सचिवालयका अनुसार आईतबार कांग्रेस सांसदहरु नारायण खड्का, उमेश श्रेष्ठ र कर्मा घलेले संघीय संसद् सुरु भएयता आफुले बुझेको घरभाडा फिर्ता गरेका छन् । अरु माननीय पनि कति तिर्नुपर्ने हो भन्दै बुझ्न आउनुभएको छ, सचिवालयका एक...