पुस २,
काठमाडौं — नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारी सहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाईमात्र दिनुपर्ने खालको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली रुष्ट बनेका छन् ।
उनले पार्टीभित्र फाटो ल्याउने षड्यन्त्रस्वरुप यस्तो प्रस्ताव आएको हुन सक्ने विश्लेषण आफु निकटसँग गरेका छन् ।
प्रधानमन्त्री ओलीले आईतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा...
पुस २,
काठमाडौं — खाद्य वस्तुसरह बजारमा नक्कली सौन्दर्य सामग्रीहरु पनि छ्याप्छ्याप्ती रहेको पाइएको छ ।
बहुराष्ट्रिय कम्पनीहरुले टे«ड मार्क चोरीको उजरी परेपछि उद्योग विभागले खोजबिन गर्दा त्यस्ता वस्तु फेला पारिएको हो ।
उद्योग विभागका अनुसार कम्पनीहरुले दिएको उजुरीका आधारमा प्रहरीको सहयोगमा छापा मारेपछि नक्कली पुष्टि भएको हो ।
उजुरीको आधारमा विभिन्न स्थानमा छापा, बिल भर्पाइका आधारमा अनुसन्धान गर्दा...
पुस २,
काठमाडौं - अमेरिकाले नेपाललाई दिल्लीको आँखाबाट हेर्छ भनिन्थ्यो। तर नेपाली कूटनीतिज्ञहरूले पछिल्लो समय उसको दृष्टिकोण फेरिएको निष्कर्ष निकालेका छन्। अमेरिका जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर उनीहरूले भने- अमेरिकाले अब भारतका आँखाले हेर्दैन।परराष्ट्रमन्त्री ज्ञवालीसहितको टोली अमेरिकासँग दुई पक्षीय सम्बन्ध समीक्षा गर्न आइतबार राति त्यसतर्फ प्रस्थान गरेको छ। आन्तरिक ‘ब्रिफिङ’मा भारतका आँखाबाट हेर्ने अमेरिकी दृष्टि फेरिएको परराष्ट्रमन्त्रीलाई जानकारी गराएको...
पुस २,
काठमाडौँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले सत्तापक्ष नेकपालाई फुटाएर भएपनि जनयुद्धको बाँकी कार्यभार पूरा गर्ने घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा नेकपा (माओवादी केन्द्र) ले पार्टीको आठौँ महाधिवेशनको बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष किराँतीले यस्तो बताएका हुन् ।उनले सत्तारुढ दल नेकपालाई फुटाउने आफूहरुसँग राजनीतिक अधिकार रहेको जिकिर गरे ।
नयाँ पत्रिका दैनिक
पुस २,
कञ्चनपुरका दुई बालकको मृत्यु सुनियोजित तरिकाबाट भएको भन्दै ठूलीआमाबाबुको नाममा किटानी जाहेर परेको छ । कृष्णपुर नगरपालिका–३ देखतभूलीका बालक टेक बहादुर सुनार र धन बहादुर सुनारको मृत्यु परिवारकै सदस्यबाट भएको भन्दै आमा विमला देवी सुनारले ठूलीआमा सिता र बाबु लछी सुनारको नाममा किटानी जाहेर दिएकी हुन् । ठूलीआमा सिताले पकाएको चाउमिन मामाकै घरमा पुगेर...
पुस १,
विराटनगर । वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २४ बर्षीया छोरीलाई स्वदेश फर्काउन मोरङकी एक महिला दुई महिनादेखि हारगुहार गरिरहेकी छन् । अवैध बाटो हुदै कुवेत पुगेकी छोरी प्रताडित भएको खबर पाएपछि उनी अताल्लिएकी हुन् । मोरङ सुन्दरहरैचा नगरपालिका–७ गछिया बजारकी ५२ वर्षकी विष्णु तामाङकी छोरी पूजालाई गत साउनमा स्थानीय सेरे भन्ने सरोज राईले कुवेत पठाएका थिए ।...
पुस २,
चितवन । विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको करीब १५÷२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।
यसअघि बाढीले बगाएका १० गैँडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जको संयुक्त टोलीले उद्धार गरेर घर फर्काएको थियो...
पुस १,
नुवाकोट । नुवाकोटमा त्रिशूली महोत्सव सोमबारदेखि सञ्चालन हुने भएको छ । नुवाकोट, रसुवा र धादिङकै सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयले सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालनका लागि रकम सङ्कलन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
‘विविध साँस्कृतिक मनोरञ्जनात्मक सस्तो बजार, शिक्षा, कृषि, पर्यटन तथा व्यापार महोत्सव’ भने मूल नाराका साथ गरिने महोत्सवले जिल्लाको आर्थिक, सांस्कृतिक,...
पुस १,
भक्तपुर । सूर्यविनायक नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन शुरु गरेको छ । सडक विस्तार कार्यलाई महाअभियानको रूपमा लिएको उक्त नगरपालिकामा अन्य विकाशका कार्य समेत तीव्र गतिमा अगाडी बढेको नगरको दाबी छ । आइतबार भक्तपुरको सिर्जनानगर चोकबाट नगरपालिका जाने सडकको दायाँबायाँ रहेका सडक अतिक्रमण गरी बनाएका घरका पर्खाल एवं टहरा हटाउन शुरु गरेको हो ।...
थम्मन थापा
पुस १,
बागलुङ । गलकोट नगरपालिका वडा नं ७ मा आजबाट सम्पति तथा भुमि कर संकलनको घरदैलो अभियान सुरु गरिएको छ । सुसासनमा टेवा, घरदैलोमा सेवा बन्ने नेपाल सरकारको पुर्व निति अनुरुप गलकोट नगरपालिकाद्वारा सञ्चालित सम्पति तथा भूमिको कर संकलन कार्यलाई जनताकै घरदैलोमा शुभारम्भ गरिएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले...
