काठमाडौं, पुस ४ काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा भोलि बिहीबार पार्टीको संशोधित विधानको मस्यौदा पेश गरिने भएको छ।महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको समितिले तयार पारेको पार्टीको संघीय विधान मस्यौया बुधबार दिउँसो बस्ने केन्द्रीय कार्यसमितिमा छलफल गरी पारित गरेपछि मात्रै छपाइका लागि प्रेसमा पठाइने तयारी छ। विधान संशोधन मस्यौदा समितिका प्रवक्तासमेत रहेका कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार सिंहदरबारस्थित पार्टी...
पुस ४,बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ ।
विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करीब रु १६ अर्ब लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।यसका लागि आयोजनाले केही दिन अघि नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र इञ्जिनीयरसहितको...
पुस ४,
काठमाडौं । फिल्म ‘जय श्री दाम’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर कमेडी छ । फिल्म यही पौष २० गते रिलिज हुँदैछ ।आशिष लुईंटेलले निर्देशन गरेको फिल्म जय श्री दाम मा अमृत ढुगांना, बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, विष्णु सापकोटा जेविका कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । नवराज उपे्रतीले खिचेको फिल्मलाई मित्र डि। गुरुङले सम्पादन...
पुस ४,
रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा हुने सडक खाना महोत्सवमा सहभागी हुन पर्यटन व्यवसायीले पर्यटकलाई निम्तो गरेका छन् । व्यवसायीले दिनहुँ बैठक तथा भेला आयोजना गरी महोत्सवमा सहभागी हुन आन्तरिक र बाह्य पर्यटकलाई आह्वान गरेका हुन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सिद्धार्थ होटल एशोसिएसन लुम्बिनी च्याप्टरको आयोजनामा लुम्बिनी बजारमा सडक खाना महोत्सव आयोजना गरिँदैछ । ‘लुम्बिनी जाऔँ, सडकमा खाऔँ, सडकमै...
Parbat, Dec 19 (RSS): The Mahasheela Rural Municipality has provided employment to 366 people at once.
The local government offered employment opportunities under its programme ‘One House; One Employment’.
It has come up with the employment plan to mobilize people in the designated area as volunteer for 15 days and involve in home-based production for 15 days.
According to...
पुस ४,
खोटाङ । डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ । विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर राखिएकी तामाङलाई श्रीमान्सँगै थप उपचारका लागि काठमाडौँ पठाइएको छ । विवाहबन्धनमा बाँधिएको सात वर्षपछि मानसिक सन्तुलन गुमाएको भन्दै उनलाई बन्धक बनाइएको हो । तामाङलाई गाउँपालिकाका...
पुस ४,
नवलपरासी । राष्ट्रिय गौरवको आयोजना हुलाकी सडकको निर्माणकार्य एक वर्षदेखि ठप्प भएपछि यात्रुलाई समस्या भएको छ । ठेकेदार कम्पनीले बाटोको बेस र कल्भर्ट निर्माणका लागि मिस्कट र गिट्टी बालुवाको अभाव देखाउदै एक बर्षदेखि निर्माण कार्य ठप्प पारेपछि यात्रुलाई त यात्रामा समस्या भएकै छ यता स्थानियहरु धुलोको हैरानी खेप्न बाध्य भएका छन् । नवलपरासीको सदरमुकाम परासीदेखि गोपीगंजको नारायण...
पुस ३,
भक्तपुर । वरिष्ठ गायक दीपक खरेलको सम्मानार्थ भक्तपुरमा एकल साझँ हुने भएको छ ।
मंगलबार यसबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भक्तपुर साङगीतिक समाजले यहिँ पुस २८ शनिवार उक्त कार्यक्रम हुने जानकारी दिएको हो । भक्तपुरको सल्लाघारी स्थित इम्पेरियल बैंकेटमा हुने साँझ उक्त दिन ५ बजेबाट सुरु हुने सांङगीतिक कार्यक्रममा गायक खरेलले ३ घण्टाको अवधिमा करिव १५...
पुस ३,
नगरकोट । काभ्रे जिल्लाको साविकको वालुवापाटी देउपुर गाउँ विकाश समिति हालको मण्डनदेउपुर नगरपालिका वडा नम्बर २ मा प्रहरी चौंकीको स्थापना गरिएको छ । पर्यटकीय क्षेत्र नगरकोट समेत रहेको सो स्थानमा विगतमा कुनै समस्या हुदाँ बनेपा, नालादेखि प्रहरी आउने गरेका थिए । सोमबार प्रहरी चौकी स्थापना भएसंगै शान्ति सुरक्षा कायम गर्न सहज हुने नगरप्रमुख टोक बहादुर वाईवाको भनाई रहेको...
पुस ३,
काठमाडौँ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसर भित्र रहेको एक भवनमा मंगलबार विहान आगलागी भएको छ सिंहदरबारको दक्षिणतर्फ रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरस्थित जिल्ला अदालत रहेको पुरानो भवनमा आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । भवन पुरानो र जीर्ण भएकाले प्रयोगमा आएको थिएन । भवनको...

