Wednesday, October 7, 2026
Home समाचार सुन जस्तो देखिने पहेंलो धातु सहित विमानस्थलबाट एकजना पक्राउ

सुन जस्तो देखिने पहेंलो धातु सहित विमानस्थलबाट एकजना पक्राउ

176

पुस ३,
काठमाडौं– प्रहरीले सुन जस्तो देखिने ५१२ ग्राम पहेंलो धातु सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ्ग एरियामा चेकजाँच गर्ने क्रममा कतार एयरवेयजको फ्लाईटबाट आएका चितवन, भरतपुर महानगरपालिका २३ बस्ने ३२ बर्षीय अमित घिसिङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनको साथबाट प्रहरीले सुन जस्तो देखिने ४ थान बिस्कुट र १ थान बाला बरामद गरेको छ । यस सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।