Saturday, October 17, 2026
Home राजनीति पूर्वराजा पोखरामाः राजतन्त्रको पक्षमा नारा घन्कियो

पूर्वराजा पोखरामाः राजतन्त्रको पक्षमा नारा घन्कियो

113

पुस २,
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकहरुले पोखरामा भव्य स्वागत गरेका छन् । सोमबार बिहान पोखरा विमानस्थलमा उत्रिएका पूर्वराजा शाहलाई भव्य पुष्पगुच्छासहित उनका समर्थकहरुले स्वागत गरेका हुन् । पूर्वराजा शाह विमानस्थलमा उत्रिएलगत्तै उनका समर्थकहरुले राजतन्त्रको पक्षमा नारा लगाएका थिए भने गणतन्त्रको विरोध गरेका थिए । उनीहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,’ भन्ने नारा लगाउँदै पूर्वराजाको जय जयकार गरेका थिए । पूर्वरानी एवम् पत्नी कोमल शाहसहित पोखरा पुगेका ज्ञानेन्द्रलाई हेर्न चाहने सर्वसाधारणहरुको समेत घुइँचो लागेको थियो पूर्वराजा शाह एकसाताको लागि पोखरा भ्रमणमा निस्किएका हुन् । रातोपाटी/ शिर्षक परिर्वतन