Friday, June 26, 2026
Home Blog Page 1844
पुस २४, काठमाडौँ । जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँले ग्यास जडित तथा विद्युतीय सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको हो । पुसको पहिलो हप्ता हिटरमा जोडेको ग्यास चुहिएर काठमाडौँ कलङ्कीका इञ्जिनीयर दम्पतीको ज्यान गएको घटना सेलाउन नपाउँदै आज बिहान मात्रै काठमाडौँको टोखामा...
पुस २४, सुनसरी । धरानका एक निर्माण व्यवसायी अनुज भट्टराई सोमबार बिहानदेखि बेपत्ता हुनुभएको छ । बिहान ८ बजे विराटनगर जान्छु भनेर हिँडनुभएका उहाँ हालसम्म नफर्किएको परिवारले जनाएको छ । विराटनगर सडक डिभिजन कार्यालयमा भुक्तानी लिन भनेर उहाँ घरबाट जानुभएको थियो । भट्टराई २४ घण्टा बितिसक्दा पनि सम्पर्कमा नआएपछि अपहरण भएको आशङ्का परिवारजनले इलाका प्रहरी कार्यालय धरानमा उजुरी...
चितवन, २४ पुस पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताउनु भएको छ ।पुनःनिर्माण जिल्ला समन्वय समिति चितवनको बैठकलाई आज यहाँ बोल्दै विकास निर्माणमा हामी सबै हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । सोमबार मात्रै पनि सत्तापक्ष र विपक्षीका नेताको गम्भीर बैठक बसेर सहमति...
२४ पुस, काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । आज दिउँसो १ बजे बसेको कांग्रेस संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको नेता गगन थापाले जानकारी दिए ।कांग्रेसले छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेश गर्न संसदहरुलाई आग्रहसमेत गरेको छ ।अघिल्लो साता शंखमूलको एक पार्टी प्यालेसमा कांग्रेस पदाधिकारीले आयोजना गरेको पत्रकार...
सोलुखुम्बु, २४ पुस: भूकम्पपीडितले लिएको अनुदान रकम धमाधम फिर्ता गर्न थालेका छन्। पीडितले पहिलो किस्ताबापतको अनुदान रकम फिर्ता गरेका हुन् । तत्काल घर निर्माण गर्न नसक्ने भन्दै उनीहरुले प्राधिरणलाइनै अनुदानबापतको रु ५० हजार फिर्ता गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ सोलुखुम्बुले जनाएको छ । जिल्लाको लिखुपिके गाउँपालिका–९ का जाङ्बु शेर्पाले आइतबार प्राधिकरणमा आएर तत्काल घर निमार्ण गर्न नसक्ने...
नेपा, २४ पुस: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन सकेन ।”नेपाली काङ्ग्रेस बनेपा नगरपालिका–३ र ४ को संयुक्त आयोजनामा आज काभ्रेको नाला शेरामा भएको कार्यकर्ता भेलामा नेता थापाले सरकारले देशभित्रै नयाँ उद्योग खोल्ने...
काठमाडौँ, २४ पुस नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लमजुङ काङ्ग्रेसका पुराना नेता तारा कोइरालाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उहाँको निधनको खबरले अत्यन्त स्तब्ध र दुःखित बनाएको उल्लेख गर्नुभएको छ ।लमजुङका पुराना व्यक्तित्व ७५ वर्षीय कोइरालाको आज बिहान मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको काङ्ग्रेसले जनाएको छ । स्वर्गीय कोइराला विसं...
काठमाडौँ, २४ पुस पोषणका हिसाबले महत्वपूर्ण अन्न मानिने भटमासको व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको छ । कृषि विभागअन्तर्गतको निर्देशनालयले भटमासबाट विभिन्न खाद्यन्न उत्पादन गर्ने व्यवसायीसँगको सहकार्यमा व्यावसायिक भटमासखेती प्रवद्र्धनको योजना बनाइएको बाली विकास तथा कृषि जैविक संरक्षण निर्देशनालयले जनाएको हो ।निर्देशनालयका वरिष्ठ बालीविज्ञ प्रकाश आचार्यले अहिलेसम्म व्यावसायिक रुपमा खेती नहुँदा झण्डै ९० प्रतिशत भटमास आयात भइरहेको बताउनुभयो ।...
काठमाडौँ, २४ पुस प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई आज नियन्त्रणमा लिएको छ । श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको फलाने साँखुका २५ वर्षीय भरत तामाङ, मङ्गलटारका ३७ वर्षीय दिपु शाह र कोशीपारिका ३५ वर्षीय गणेश तामाङ रहेका छन् ।त्यस्तै...
काठमाडौँ, २४ पुस: कर्मचारी समायोजनका लागि करीब ३० हजार निजामती कर्मचारीले विवरण अद्यावधिक गराएका छन् ।कर्मचारीले निजामती किताबखानामा गएर आफ्नो विवरण अद्यावधिक गराएका किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जानकारी गराउनुभयो । उहाँका अनुसार वर्षेनी विवरण अद्यावधिक नगर्नेले पनि अहिले समायोजनमा जाने भएपछि अद्यावधिक गरिरहेका छन् । कर्मचारीले आफू रहेको कार्यालय, पद, हालको पदमा भएको नियुक्ति मिति र हालको पदमा...