Friday, June 26, 2026
Home Blog Page 1843
पुस २५, बागलुङ । जिल्लाको ताराखोला गाउँपालिका–४, तारागाउँको एक गोठमा आगलागी हुँदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ । मंगलबार अपराह्न सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिए । रासस
-बीबीसी पुस २५, काठमाडौं । छाउपडी प्रथालाई दण्डनीय बनाउने कानुन लागु भएको करिब पाँच महिना पुग्न लाग्दा पनि अझै सकारात्मक परिवर्तन नदेखिएको अधिकारवादीहरूले बताएका छन्। मध्य र सुदूरपश्चिमका केही जिल्लामा उक्त प्रथाको पछिल्लो अवस्थाबारे अध्ययन गरेर फर्केका राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगका अधिकारीहरूले यस्तो निष्कर्ष निकालेका हुन्। नयाँ पुस्ताले उक्त कानुनलाई केही हदसम्म अङ्गीङ्कार गरेको देखिए पनि पुराना...
पुस २५, फिदिम । पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ । सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको मच्छेबुङमा सोही बैंकले शाखा विस्तार गरेको थियो ।...
–नारायणी रजौरे पुस २५, दाङ । युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । भाँडाकुँडा सबै सफा पारिएको छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारू बस्तीको हो । थारू जातिको महान् पर्व माघीको रौनक अहिले रजौराको थारू बस्तीमा मात्र होइनु जिल्लाका अधिकांश थारू बस्ती देख्न पाइन्छ । थारू बस्तीमा माघी आउन...
कान्तिपुर दैनिक/ मकर श्रेष्ठ पुस २५, काठमाडौँ । २०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो । मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये अहिले २ हजार ५ सय रोपनीमात्र बाँकी छ । भएको सम्पत्ति जोगाउनु साटो झन्झन् चुँडेर सकिँदै छ ।यसमा सघाएका छन्– विभिन्न समयमा नेतृत्वमा रहेका...
काठमाडौं । विवाहपछि महिलामा शारीरिक तथा मानसिक रूपमा भिन्न परिवर्तन आउने विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । विवाहपछि श्रीमान्सँग शारीरिक सम्बन्ध रहन्छ । यसकारण शरीर रिप्रोडक्सनका लागि तयार हुन्छ । यस क्रममा महिलाको शरीरमा एस्ट्रोजनलगायतका कैयौँ हर्मोनको मात्रा बढ्न जान्छ । यस्तो हर्मोनले यस्ता शारीरिक तथा मानसिक परिवर्तन देखिने गर्छ ।-महिलामा बढ्ने हर्मोनले भोक बढ्ने, फ्याट जम्मा हुने, तौल बढ्ने गर्छ । -विवाहका कारण महिलामा कैयौँ...
काठमाडौं । आँखा मानिसका लागि महत्वपूर्ण अंग हो । र, यो संवेदनशील पनि हुन्छ । स–साना कुरामा विचार नपु(याउँदा आँखामा इन्फेक्सन हुन्छ । केही सावधानी अपनाउन सकेमा आँखाको इन्फेक्सन हुनबाट बच्न सकिन्छ । -आँखाको सुरक्षाका लागि घरबाहिर निस्कँदा अनिवार्य रूपमा चस्मा प्रयोग गर्नुपर्छ । टाउकोमा ह्याट लगाउने बानीले पनि आँखामा सीधै कीटाणु प्रवेश गर्न पाउँदैन । लरूखमा पालुवा पलाउने र...
पुस २५, काठमाडौं । स्ट्रिट फुडको नाम लिनेबित्तिकै धेरैजसोले पानीपुरी र चटपटे सम्झिन्छन् । अमिलोरपिरो खान मन पराउनेका लागि यी खाद्यपदार्थ रोजाइमा पर्छन् । विशेषगरी, युवतीमाझ पानीपुरी र चटपटे लोकप्रिय छ । कतिपयले खाजाका लागि खान्छन् भने कतिले स्वादका लागि मात्र । पानीपुरी र चटपटे संस्कृति भारतबाट सुरु भएको हो । पछिल्लो समयमा यो नेपालमा समेत व्यावसायिक रूपमै अघि बढेको...
नयाँ पत्रिका दैनिक/ नवराज मैनाली पुस २५, काठमाडौं । देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा ताकेता गर्न थालेका हुन् । तर, प्रधान कार्यालयले पुस दोस्रो हप्ता मात्रै साढे १५ हजार ज्याकेट खरिद गर्न प्रक्रिया अघि बढाएको छ । टेन्डरलगायत सबै प्रक्रिया सकिएर ज्याकेट आउँदा चर्को गर्मी सुरु भइसक्नेछ । समयमा खरिद नहुँदा धेरै प्रहरी यस वर्ष पनि माइनस २०...
समाचारपत्र दैनिक/सुनील महर्जन, पुस २५, काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीले अनलाइनबाटै फारम भर्ने कामले तीब्रता पाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार मंगलबारसम्म २० हजार भन्दा बढी कर्मचारीले फाराम भरिसकेका छन । यस्तै २४ हजार कर्मचारीले अनलाइनमा गएर फारम भरेपनि अभिलेखीकरण गर्न बाँकी रहेको छ । समायोजनका लागि अनलाइन फारम...