Saturday, June 27, 2026
Home Blog Page 1825
गलकोट, १० माघ सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ ।विसं २०७५ पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई विनाकारण कुटपिट गरेको पाइएपछि विभागीय कारवाहीका लागि दुवै जनालाई निलम्बन गरिएको...
काठमाडौँ, १० माघ प्रा डा गोविन्द केसीले अनशन बसेको १६औँ पटकमा पनि उहाँको मागबाट उब्जेको समस्या समाधान हुन सकेको छैन ।यिनै कारणले विसं २०६८ देखि २०७४ सम्म आइपुग्दा सात आयोग, कार्यदल तथा समिति बनिसकेको तथा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्मा समेत प्रवेश गरेको छ तर अझै विवाद भने कायम छ ।काठमाडौँमा मेडिकल कलेजलाई सम्बन्धन नदिने प्रा डा गोविन्द केसीको प्रमुख...
डाभोस, १० माघ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्ता अतिकम विकासित तथा भूपरिवेष्ठित मुलुकको चासो र अभिरुचि प्रवद्र्धन र संरक्षण गर्न बहुलवादिता तथा कानूनमा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीको आवश्यकतामा जोड दिनुभएको छ ।स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चअन्तर्गत ‘विश्वका आर्थिक नेताहरुको अनौपचारिक भेला’मा प्रधानमन्त्री ओलीले उक्त कुरामा जोड दिनुभएको हो । “हामीले थाहा पाएजस्तै विश्व व्यापार अन्त्य भएको हो त रु” भन्ने...
काठमाडौँ, १० माघ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घको वर्तमान केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।पार्टीको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई महासमिति बैठकबाट प्राप्त...
मुगु, ९ माघ कर्णाली प्रदेश सरकारले रारा ताललाई मुख्य पर्यटकीय गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने भएको छ । देशकै सबैभन्दा ठूलो यो ताल र यस आसपासका स्थलहरुको संरक्षण र प्रवद्र्धन गर्ने अभियान अन्तर्गत अहिले यहाँ नियमित सरसफाइ, जाँच, गस्ती, वन पैदावारको संरक्षण जस्ता कार्यक्रमहरु शुरु गरिएका छन् ।पछिल्लो समय यो ताल अवलोकन गर्न चाहने आन्तरिक पर्यटकको ओइरो लाग्न थालेपछि यहाँ फोहर...
काठमाडौँ, ९ माघ धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ ।यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४८.७४ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर रु २४ करोड ७७ लाख ४३...
बेनी, ९ माघ मुस्ताङको घरापजोङ गाउँपालिका–१ मा कृषि सामग्री संस्थान नजिकै सुख्खा पहिरोले थुनिएको कालीगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ ।गए राति हिमपातको कारण भूकम्पले चर्किएको जमीन रुखसहित कालीगण्डकी नदीमा खस्दा नदीको नियमित बहाव प्रभावित भएको थियो । दुई वटा रुख कालीगण्डकी नदीमा तेस्रिएको र सुख्खा पहिरोले कालीगण्डकी नदीको पानी केही रोकिएको भए पनि रुखलाई काटेर हटाएसँगै नदी पुरानै...
काठमाडौँ, ९ माघ सातै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्न काठमाडौँमा ‘नेपाल उद्यमशीलता सम्मेलन’ आयोजना गरिने भएको छ ।अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा आगामी फागुन २ गते काठमाडौँमा सम्मेलन गर्न लागिएको आज राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।सम्मेलनमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी तथा सातै प्रदेशका उद्योगमन्त्रीसहित ४००...
सुर्खेत, ९ माघ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रालयका सचिवहरुलाई बजेट, योजना तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियासहित आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र पूर्वाधार विकास मन्त्रालयका सचिव सम्मिलित आजको ंबैठकमा मुख्यमन्त्री शाहीले सबै सचिवलाई आ–आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो ।“कछुवा...
भद्रपुर, ९ माघ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताउनुभएको छ ।प्रेस चौतारी र प्रेस सेन्टरले आज झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “ सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, सन् २०१८ मै १२ लाख पर्यटक आइसकेको...