सामसङको फोल्ड गर्न मिल्ने स्मार्टफोन

80

२५ माघ
काठमाडौं -विश्व चर्चित ब्राण्ड सामसुङले फोल्ड गर्न मिल्ने स्मार्ट फोन ल्याउँदैछ। यसअघि सो स्मार्ट फोनबारे धेरै कम जानकारी बाहिर आए पनि हाल भने सो स्मार्टफोनको आधिकारिक प्रोमो भिडियो नै बाहिर आएको छ। सो प्रोमो भिडियोमा सामसुङको फोल्डेबल फोन ग्यालेक्सी एफको फिचरबारे जानकारी दिइएको छ।

भिडियोमा कसरी फोनको डिस्प्ले फोल्ड गर्न सकिन्छ र के के फिचर राखिएका छन् भन्ने जानकारी दिइन्छ। एक मिनेटको भिडियोमा कम्पनीले नयाँ टेक्नोलोजी देखाएको छ, जसमा ट्रान्सपेरेन्ट विण्डो डिस्प्ले, इन्टरेक्टिभ सिसा, प्योर बेजल र नोच लेस ट्याबलेट, रोबोट्स, फोल्डेबल स्मार्ट फोन, पोर्टेबल मेडिकल स्क्यानर र अन्य विभिन्न फिचर छन्।

यसअघि कम्पनीले डेभलपर कन्फ्रेन्समा यो फोनको प्रोटोटाइप देखाएको थियो। सामसङले फेब्रुअरी २० मै नयाँ अनप्याक्ड इभेन्ट आयोजना गर्दैछ, जहाँ कम्पनीको नयाँ फ्ल्यागसीप स्मार्ट फोन सार्वजनिक हुने अनुमान छ।

सोही इभेन्टमै कम्पनीले ग्यालेक्सी एफ पनि लन्च गर्ने अनुमान गरिएको छ। –एजेन्सी