Monday, June 29, 2026
Home Blog Page 1796
फागुन १, गोरखा । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनताका प्रतिनिधिले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ । गोरखाको पालुङटारमा आज स्थानीय जनप्रतिनिधिसँगको छलफलमा डा भट्टराईले जनताले मत दिएर जिताएकाले उनीहरुको भावना बुझ्न नसके देशको समृद्धि हुन नसक्ने बताउनुभयो । पूर्वपश्चिम जागरण अभियानका क्रममा गोरखा आइपुग्नुभएका उहाँले नेपाली जनताको चाहना विकास र...
– सिर्जनकुमार घिमिरे फागुन १, दोलखा । दोलखाको सैलुङ गाउँपालिकाले सैलुङमा पर्यटकलाई आकर्षित गर्न होटल बनाउनेलाई अनुदान दिने भएको छ । गाउँपालिकाको निर्णयबाटै शुरुका १० वटासम्म होटल वा होमस्टे निर्माणका लागि अनुदान दिने घोषणा गरेको हो । महाभारतको सबभन्दा अग्लो स्थान मानिएको सैलुङमा पर्यटकको गन्तव्यस्थल बनाउन गाउँपालिकाले साविक सैलुङ्गेश्वर गाविसको कालापानीमा डोजर लगाएर घरेडीसमेत निर्माण गरेको छ । ...
फागुन १, भद्रपुर । गरीबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द–१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताउनुभएको छ । दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइहनुभएका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको १० धुर घडेरी समेत बेचेर मिर्गौलाको उपचार गर्नुपरेको बताउनुभयो । झापाको मेचीनगर नगरपालिका–१२ धाइजनमा डेरा बस्दै उपचारमा धाउँदै...
फागुन १, सिन्धुली । विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन् । आज बिहान पढ्न हिंडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन् । बिहान सिन्धुली बहुमुखी क्याम्पस पढ्न जाँदै गरेको समयमा कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा सुमोले ठक्कर दिँदा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत रोजिना कार्की र मनिता थापा घाइते भएका छन् ।...
समाचारपत्र दैनिक /मधुसूदन रायमाझी, फागुन १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र राजनीतिक प्रतिवेदनको खोजी सुरु भएको छ । स्थायी समिति बैठकमा अध्यक्षद्धयले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जन सहित प्रकाशित गर्ने निर्णय भएको थियो । तर स्थायी समिति बैठकले निर्णय गरेको एक महिना वितिसक्दा पनि राजनीतिक प्रवेदन सार्वजनिक हुन सकेको छैन । गत मंसिर २९ गतेबाट सुरु भएको स्थायी समितिको...
-राजकुमार लामिछाने 'प्रिन्स'जुन प्रेम इतिहासको पानामा लेख्न चाहन्थे जस्को आँखाबाट भबिस्य देख्न चाहन्थे त्यही प्रेम इतिहास भैदियो आँखा त उस्ले खोलेर गै तर सिर्फ आँसु रहिदियो ।साथिभाइ भन्छन बिर्सिदे अब त्यो पल सम्झी भन्छ्न जिबनको थ्यो सिर्फ एक छल तर कसरी बिर्सु म कसरी बुझाउ यो मन र ? त्यही एक पल नै त थ्यो मेरो सारा जीवनबाहिर म ठिक छु हाँसिरहेकै छु तर आँधी चलिरेको छ...
माघ २९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले लापरवाही गरी सवारी साधन चलाउने चालकलाई जन्म कैदको व्यवस्था गर्नुपर्ने बताए । आजको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरिएको ‘राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३ –२० कार्यान्वयन गरियोस् भन्ने सार्वजनिक महत्वको प्रस्ताव’मा आफ्नो धारणा प्रस्तुत गर्दै सांसद बस्नेतले आउँदै गरेको सवारी तथा यातायातको व्यवस्था ऐनमा...
माघ २९, भक्तपुर । गत माघ १९ गते सम्पन्न केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको दशौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् । सोमबार साँझ कार्यक्रमबीच समितिका नवनिर्वाचित अध्यक्ष बालहरि चालिसेसँगै पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक वीरेन्द्र कायष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । १० औं साधारणसभा तथा...
माघ २९, काठमाडौँ -गरीबी निवारण कोषमा गरीबको नाममा आएको रकममा टाठाबाठाले रजाइ गर्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।गरीबको नाममा खर्च हुने रकम टाठाबाठाले दुरुपयोग गर्ने गरेको तथ्य राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनले औँल्याएको छ । प्रतिवेदनमा भौतिक पूर्वाधार निर्माण र घुम्ती कोषको रु १८ करोड ५९ लाख ६५ हजार २६९ दुरुपयोग भएको सो प्रतिवेदनले देखाएको छ ।विभिन्न ठाउँमा भौतिक पूर्वाधार...
माघ २९, ज्ञान दिन योग्य त्यस्तो बिचारमा कस्तो मान्छेमा अधिकारी हुन्छ? जुन महापुरुष्मा यी ४ वटा साधन हुन्छ १,विवेक २,वैराग्य ३,शम दमादी ६वटा गुण र ४,मुमुक्षुता । अब यसको बयान विस्तृतमा:- आत्मा(किम्वा ब्रह्म) हो सत्य जगत् (सारा दृश्य पदार्थ) हो मिथ्या- यस्तो निश्चयलाई विवेक भनिएको छ। देहधारणको आवश्यक बिषय बाहेक अरु विषयको उपभोग गर्ने इच्छा नहुनुलाई वैराग्य भनेको छ। शम, दम, उपरती, तितिक्षा, समाधान र श्रद्धा- यिनिहरु हुन्...