डोलेश्वरका विकास समिति पदाधिकारीहरुले सपथ लिए

93

माघ २९,
भक्तपुर । गत माघ १९ गते सम्पन्न केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको दशौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् । सोमबार साँझ कार्यक्रमबीच समितिका नवनिर्वाचित अध्यक्ष बालहरि चालिसेसँगै पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक वीरेन्द्र कायष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । १० औं साधारणसभा तथा चौथो अधिवेशनबाट निर्वाचित संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले सोमबार औपचारिक रुपमा सपथ ग्रहण गरेसँगै नयाँ नेतृत्वले वैधानिकता पाएको हो ।
समितिको अध्यक्षमा चालिसेसँगै वरिष्ठ उपाध्यक्ष सुुर्यबहादुर खाइतुु, उपाध्यक्ष मोहन गिरी, महिला उपाध्यक्ष निर्मला सञ्जेल, महासचिव धर्मराज बस्नेत, सचिवद्वय विश्वराम थापा र हरिशरण बस्नेत, कोषाध्यक्ष मोहन बल्ल, सह–कोषाध्यक्ष दिलिप कुमार केसीले पनि सपथ लिएका हुन् ।
यसैगरी निर्वाचनबाट निर्वाचित सदस्यहरु क्रमशः राजनकाजी त्वाती, कविराम थापा, बिनोद भट्टराई, मुकुन्द शर्मा, दिपक बस्नेत, गीता थापा, सुनिता थापा, र केदार प्रसाद उपाध्यायले पनि सोमबारै सपथ लिएका छन् । सपथपछि कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष चालिसेले जतिसक्दो चाँडो मूलमन्दिरको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
निवर्तमान अध्यक्ष बिदुरमान सिंह बस्नेतले आफ्नो तीन कार्यकालमा आफूलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद दिँदै आगामी दिनमा आफू पदमा नरहे पनि मन्दिरको हरेक कार्यमा आफ्नो सहयोग रहने बताए ।
कार्यक्रममा समितिका संरक्षक भरतमणि जंगम, समितिका निर्वतमान बरिष्ठ उपाध्यक्ष तथा सुर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापा र निर्वाचन समितिका संयोजक वीरेन्द्र कायष्ठले सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिँदै समितिद्वारा तयार गरिएको गुरुयोजनालाई छिटो भन्दा छिटो कार्यान्वयन गर्न शुभकामना दिए ।