ज्ञानको अधिकार अर्थात् ज्ञान दिन योग्य को हुन् !

माघ २९,
ज्ञान दिन योग्य त्यस्तो बिचारमा कस्तो मान्छेमा अधिकारी हुन्छ?
जुन महापुरुष्मा यी ४ वटा साधन हुन्छ
१,विवेक
२,वैराग्य
३,शम दमादी ६वटा गुण र
४,मुमुक्षुता ।
अब यसको बयान विस्तृतमा:-
आत्मा(किम्वा ब्रह्म) हो सत्य जगत् (सारा दृश्य पदार्थ) हो मिथ्या- यस्तो निश्चयलाई विवेक भनिएको छ। देहधारणको आवश्यक बिषय बाहेक अरु विषयको उपभोग गर्ने इच्छा नहुनुलाई वैराग्य भनेको छ।
शम, दम, उपरती, तितिक्षा, समाधान र श्रद्धा- यिनिहरु हुन् शमादी छ गुण । मनको निग्रहलाई शम भनेको छ। अर्थात “म हु सम्पुर्ण दृश्य पदार्थ्सित सम्बन्धरहित, केवल चैतन्यस्वरुप “ यस्तो विचारमा लागिराख्नुको नाम हो शम। त्यसको फलले विजातिय देहादिका बारेमा बोधको अनुवृर्ति भैरहन्छ।
बाहिरको इन्द्रियहरुलाई संयत गर्नुको नाम हो दम। अर्थात् अदृतिय आफ्नो चैतन्य-स्वरुपदेखी भिन्न सारा विषयबाट पाँच कर्मे्न्र्दिय र पाँच ज्ञानेन्र्दियलाई विरत राख्नुको नाम हो दम। त्यसको परिणामले केवल अदृतिय चैतन्य-वस्तुको नै अनुभव भैरहन्छ। शास्त्रविहित कर्महरुको परित्यागलाई उपरती भनेको छ। किम्वा केवल चैतन्य आफ्नो स्वरुपको अनुभव गरिराख्नुको नाम हो उपरती। जहाँबाट शरिरको वियोग नहोस् यस्तो शीत, उष्ण आदि द्रन्द्र पदार्थको सहन गर्नुको नाम हो तितिक्षा अथवा निग्रह गर्ने ताकत भए तापनी अरुको अपराधलाई सहन गर्नुको नाम हो तितिक्षा। आत्मविषयक अनुभवमा रत भएको मन जब अनात्मविषयमा आसक्त हुन्छ त्यस बेला विषयको दोष-दर्शनबाट मनलाई चैतन्य वस्तुमा एकाग्र गर्नु (चैतन्य-स्वरुपको अनुभवमा लगाउनु) हो समाधान। गुरुवाक्यमा र वेदान्त-वाक्यमा अत्यन्त विश्वास गर्नुलाई श्रद्धा भनेको छ।
मुक्तिलाभका निम्ति अत्यन्त तिव्र इच्छा हुनुलाई मुमुक्षुता भनेको छ।
यी चारै साधनले सम्पन्न पुरुष हो वेदान्त-विचारमा अधिकारी।
वेदान्त-विचारमा अधिकारी पुरुषको अरु कुनै कर्तव्य छैन।
(अद्रैत वेदान्त आत्म(विचार)
(संकलक ज्यो. अनिल पुडासैनी)