https://www.youtube.com/watch?v=Ws8zTX2f9Yo
फगुन २,
बिर्तामोड - संघीय गृहमन्त्रीको झापा भ्रमणको सुरक्षार्थ ड्यूटीमा खटिएका प्रहरीले बोकेको ‘सर्टगन’ पट्कँदा छर्रा लागेर एक युवती घाइते भएकी छन् ।
गृहमन्त्री रामबहादुर थापा झापा आएको समयमा बुधबार सुरक्षाका लागि पुर्व–पश्चिम राजमार्गस्थित झापाको लक्ष्मिपुरमा गस्तीमा रहेको प्रहरीले बोकेको सर्टगन अचानक खसेर पट्कँदा स्थानीय सुनिरा मैनाली घाइते भएकी हुन् । सडक गस्तीमा रहेका प्रहरी जवान लक्ष्मण शेर्पाले बोकेको सर्टगन अचानक...
फागुन २,
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले जानकारी दिए। प्रधानमन्त्री ओलीले बिहीबार अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको रेग्मीको भनाइ छ। २०७४ साल फागुन ३ गते...
फागुन २,
काठमाडौं । रुमालै छ चिनो नामक फिल्म आगामी फागुन १० गते रिलिजमा आउने भएको छ। रिलिज नजिकि“दै जा“दा यसको पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मुख्य भूमिकामा रहेका नायक सुशान्त कार्की र नायिका अप्सना थापालाई प्रस्तुत गरिएको छ। दिनेश सिंह ठकुरीद्वारा निर्देशित फिल्म काँठक्षेत्रका गायक रेशम थापाको लोकप्रिय गीत रुमालै छ चिनो नाम सापटी लिएर निर्माण गरिएको...
समाचारपत्र दैनिक/मधुसूदन रायमाझी,
फागुन २, काठमाडौँ । सरकारले प्रदेश कार्यालयबाटै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट हुने गरी अधिकार प्रत्यायोजन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयानुसार अब प्रदेश कार्यालय मातहत रहने यातायात कार्यालयबाटै स्मार्ट लाइसेन्स प्रिन्ट हुने भएको हो । समयमा नै स्मार्ट लाइसेन्स नपाइएको गुनासो बढेपछि उक्त अधिकार प्रत्यायोजन गरिएको हो । यस्तै विभागबाट...
समाचारपत्र दैनिक/ईश्वरराज ढकाल
फागुन २, काठमाडौ । उच्चशिक्षाको नीति निर्धारण, समन्वय, नियमन, निर्देशन र मापदण्ड निर्धारण गर्न प्रधानमन्त्रीको अध्यक्षतामा उच्चशिक्षा आयोग गठन गर्ने प्रस्ताव गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय शिक्षा ऐन २०७५’ को मस्यौदामा १५ सदस्यीय आयोग गठन गर्ने प्रस्ताव गरेको हो ।
आयोगको सहअध्यक्षमा शिक्षामन्त्री, उपाध्यक्षमा ख्यातिप्राप्त शिक्षाविद्मध्येबाट सिफारिस समितिको सिफारिसमा सरकारले मनोनित...
फागुन १,
अपराध । बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन । २२ बर्षीया बुहारीलाई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलार्ई प्रहरीले पक्राउ गरेको हो । आफुलाई दुई बर्षदेखि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको हो । पछिल्लोपटक माइलो जेठाजुलाई यही असोज ५ गते तथा...
अचम्मित गरिदिने घटना सार्वजनिक भएको छ । यहाँका एक बेहुलाले जब सुहागरातमा आफ्नी दुलहीलाई देखे तब उनको होस उड्यो । भारतको कन्नौजमा भएको घटना हो । अर्को दिन उनले यसबारे भाउजुलाई बताए तब हंगामा मच्चियो । गाउँमा पञ्चायतपछि महिला पक्षले कान्छी छोरीसँग विवाह गराइदिने बाचा गरेका थिए । कानपुर देहात इलाकामा यो घटना भएको हो । यहाँका एक...
फागुन १,
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलको बैठक तीन दिनदेखि बसिरहेको छ । बैठकमा सरकारबाट समर्थन फिर्ता लिने लगायतका विषयमा छलफल शुरु भएको छ । राजपा नेपालले संविधान संशोधनलगायतका माग सरकारले पुरा गर्न नसकेको भन्दै त्यसको विषयमा छलफल शुरु भएको छ । सरकार गठन भएको एक वर्ष पुगेको छ, तर सविधान संशोधनलगायतका माग पुरा नगरेको भन्दै...
फागुन १,
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपसी मिलेमतोमा भन्सार प्रज्ञापनपत्रमा मालवस्तुको गलत घोषणा गरी राजश्व चुहावट गर्ने कार्यमा संलग्न रहेको आरोपमा आठ जनाविरुद्ध आज विशेष अदालतमा आरोपत्र दायर गरेको छ । रसुवा भन्सार कार्यालय टिमुरेमा कार्यरत भन्सार अधिकृत पवित्रकुमार खड्का, सोही कार्यालयका नायब सुब्बा धिरजकुमार थापा, मितेरी इन्टरनेशनल ट्रेडर्सका प्रोपाइटर सुमन श्रेष्ठ र रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड...



