तीन दिनदेखि लगातार बैठकमा राजपा

62

फागुन १,
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलको बैठक तीन दिनदेखि बसिरहेको छ । बैठकमा सरकारबाट समर्थन फिर्ता लिने लगायतका विषयमा छलफल शुरु भएको छ । राजपा नेपालले संविधान संशोधनलगायतका माग सरकारले पुरा गर्न नसकेको भन्दै त्यसको विषयमा छलफल शुरु भएको छ । सरकार गठन भएको एक वर्ष पुगेको छ, तर सविधान संशोधनलगायतका माग पुरा नगरेको भन्दै राजपा नेपालका नेताहरु आक्रोशित छन् । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादव भन्छन्, ‘ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष भइसकेको छ, सरकार गठन भएदेखि नै सविधान संशोधन गर्ने भनि पटक–पटक प्रतिबद्धता जनाए पनि आजसम्म केही भएको छैन, त्यही भएर सरकारलाई दिएको समर्थनबारे पुनः विचार गर्नुपर्ने अवस्था आएको छ ।’