माघ २
काठमाडौं -कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र ईप्रका त्रिभुवन वस्तीबाट खटिएको संयुक्त टोलीले १८ किलो सुन बरामद गरेको बताइएको छ । प्रहरीले सुन ओसार–पसारमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेको...
फागुन २,
काठमाडौं- नेपाल राष्ट्र बैंकले एभरेष्ट बैंकको लाभांश वितरणमा रोक लगाएपछि संस्थापक बिके श्रेष्ठको परिवारले शेयर बिक्री गरेको छ। श्रेष्ठकै परिवार भित्रका राधा श्रेष्ठ र नेपालकृष्ण श्रेष्ठले प्रतिमा श्रेष्ठलाई शेयर बिक्री गरेका हुन।स्रोतका अनुसार राधा र नेपालकृष्ण श्रेष्ठको नाममा रहेको बैंकको ७२ लाख ३६ हजार ३७५ कित्ता शेयर विहीबार प्रतिमाको नाममा बिक्री भएको छ। प्रति शेयर २६५ रुपैयाँको दरले...
फाल्गुन २,
काठमाडौँ — पश्चिम वायुको प्रभावका कारण बिहीबारदेखि फेरी मौसममा बदलाव आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले फेरी लगभग देशैभरी वर्षा र हिमपात हुने बताएको छ ।महाशाखाकी मौसमविद मञ्जु बासीले पटक–पटक आएको पश्चिम वायुको प्रभावका कारण यो वर्षको हिउँदमा वर्षा र हिमपात बढी भएको बताइन्। उनले पश्चिमी र मध्य भागमा बिहीबार रातिदेखि नै वर्षा सुरु हुने बताइन्।
बुधबारसम्म...
फागुन २,
काठमाडौँ- नायक संजोग कोइराला र नायिका बर्षा राउतले बिवाह गरेका छन् । प्रेम दिवसको अवसर पारेर सान्साले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् । पारिवारिक जमघटबिच वर्षा र संजोगले गोप्य तरिकाले बिवाह गरेका हुन् । विवाह समारोहमा मिडियालाई प्रवेश दिइएको छैन ।भोलि अर्थात् फागुन ३ गते उनीहरुले बिहे भोज राखेका छन्, जहाँ फिल्मकर्मी तथा आफन्तलाई निम्ता दिइएको छ...
फागुन २,
काठमाडौं -चालु आर्थिक वर्षको पहिलो ६ महिनामा शोधनान्तर स्थितिमा अघिल्लो महिनाको तुलनामा सामान्य सुधार आएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी अर्धवार्षिक प्रतिवेदनले शोधनान्तर ६३ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको देखाएको छ । पाँचौ महिनासम्म शोधनान्तर घाटा फराकिलो बन्दै गइरहेको थियो । पहिलो पाँच महिनामा शोधनान्तर घाटा ८५ अर्ब ३२ करोड...
फागुन २,
लण्डनन -बेलायतका ६० हजार भन्दा बढी किशोर किशोरीहरु मानसिक तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । बुधबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनमा तनाव र आत्महत्याको खतरा बढ्दै गएपछि उनीहरुले नशालु पदार्थहरु सेवन गर्ने गरेको पाइएको उल्लेख छ ।अक्सफोर्ट विश्वविद्यालय र म्याकगिल विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले सात प्रतिशतको दरले किशोर किशोरीहरुमा मानसिक तनाव र आमहत्याको खतरा बढेको तथ्याङ...
फागुन २
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा उद्यमशीलताका लागि युवा जनशक्तिलाई उत्प्रेरित...
फाल्गुन २,
धनगढी — सीवाइसी अत्तरियाले रूस्लान धनगढी प्रमियर लिग (डीपीएलं)-३ को बिहीबारको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गरेको छ । अत्तरियाको यो लगातार दोस्रो जित हो भने रुपन्देहीको लगातार दोस्रो जितपछिको हार हो ।टस जितेर ब्याटिङ रोजेको अत्तरियाले फाप्ला क्रिकेट मैदानमा निर्धारित २० ओभर खेलेर ९ विकेट गुमाइ १२१ रन मात्रै बनाउन सक्यो । जवाफी ब्याटिङमा आएको रुपन्देहीले...
फागुन २,
काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद कालीबहादुर मल्लले सुशासनको आरम्भ सिंहदरबाट शुरु गर्न आग्रह गर्नुभएको छ ।उहाँले सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय तथा कार्यालयका पुराना सवारीसाधन, पुराना सामग्री हटाउन, सिंहदरबार प्रवेशलाई सहज बनाउन र तत्कालीन शान्ति मन्त्रालय र दुर्गम क्षेत्र विकास समितिले १८ जिल्लामा सञ्चालन गरेका अधुरा योजना पूरा गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद मुक्ताकुमारी यादवले सरकार...
राजनीति
‘पानी जहाज कार्यालय जागीर खुवाउनका लागि होइन, देशलाई एक कदम अघि बढाउन खुलेको हो,’:प्रधानमन्त्री
फागुन २,
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब पानीजहाज युगमा प्रवेश गरेको बताएका छन्। ललितपुरको एकान्तकुनामा बिहीबार नेपाल पानीजहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले रेलभन्दा पहिले नेपालमा पानी जहाज आउने बताए। ‘पानी जहाज कार्यालय जागीर खुवाउनका लागि होइन, देशलाई एक कदम अघि बढाउन खुलेको हो,’ उनले भने, ‘पानी जहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही...


