सुशासनको आरम्भ सिंहदरबाट शुरु गर्नुपर्छः सांसद

59

फागुन २,
काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद कालीबहादुर मल्लले सुशासनको आरम्भ सिंहदरबाट शुरु गर्न आग्रह गर्नुभएको छ ।

उहाँले सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय तथा कार्यालयका पुराना सवारीसाधन, पुराना सामग्री हटाउन, सिंहदरबार प्रवेशलाई सहज बनाउन र तत्कालीन शान्ति मन्त्रालय र दुर्गम क्षेत्र विकास समितिले १८ जिल्लामा सञ्चालन गरेका अधुरा योजना पूरा गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मुक्ताकुमारी यादवले सरकार गठन भएको एक वर्ष पूरा हुँदा शान्ति, सुरक्षा कायम गर्न नसकेको र विकासका पूर्वाधारमा ध्यान नदिएको आरोप लगाउँदै यस्तो पाराले समृद्ध नेपाल कसरी बन्छ रु भन्ने प्रश्न गर्नुभयो ।

सांसद ठकेन्द्रप्रकाश पुरीले रुकुम पश्चिम जिल्ला अस्पतालमा चार चिकित्सकको दरबन्दी भए पनि एक चिकित्सकको भरमा चलेको बताउँदै अस्पताल प्रदेश सरकारले सञ्चालन गरे पनि सङ्घमार्फत त्यहाँ चिकित्सक पठाउन माग गर्नभयो ।

विसं २०४५ मा स्थापना भएको सो अस्पताल शुरुमा १५ श्ययाको थियो । हाल ३७ श्ययाको सो अस्पतालमा दैनिक ३०० बिरामीले स्वास्थ्यसेवा लिने गर्दछन् ।

सांसद अनिता देवकोटाले सरकारको एक वर्षको उपलब्धि शून्य रहेको आरोप लगाउँदै कस्तो भैँसी ब्यायो, दूध क–कसले खान पाए, सरकारले जवाफ दिनुप¥यो भन्नुभयो ।

सांसद विना पोखरेलले सामूहिक रूपमा सांसद आवासगृह र आवतजावत गर्न सवारीसाधनको व्यवस्था गर्न माग गर्नुभयो । सांसद प्रकाश पन्तले गएको माघ महीना नेपाली खेलकूद क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको चर्चा गर्दै अपाङ्गता भएका व्यक्तिको उपचारमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रामप्रित पासवानले सरकारको छात्रवृत्ति दलितमैत्री बन्न नसकेको आरोप लगाउनुभयो । सांसद रमेशप्रसाद यादवले बारा जिल्लाको बसहा सिँचाइ आयोजना पूरा गर्न, सांसदका बीचमा विभेद नगर्न र प्राकृतिक संरक्षणमा ध्यान दिन वन मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।-रासस