Tuesday, June 30, 2026
Home Blog Page 1783
फागुन ७, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच मंगलबार बिहान धानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । त्यस वार्तामा थापा नेतृत्वकै टोलीले प्रधानमन्त्रीलाई विभिन्न मागहरु राख्दै २२ बुँदे ज्ञापनपत्र समेत बुझाएको थियो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले राप्रपाको जायज मागहरु पूरा गर्न लागिपर्ने आवश्वासन दिएका छन्राप्रपाको २२ बुँदे ज्ञापनपत्र जस्ताको जस्तैः(१) संविधानमा रहेको "धर्मनिरपेक्षताू"खारेज गरियोस् तथा पूर्ण...
फागुन ७, गाईघाट -सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–३ हँडैयामा निर्माणाधिन पक्की पुल भत्कन शुरु भएको छ । हडैया खोलामा निर्माण भइरहेको करीब ६० मिटर लामो उक्त पुलको दुई स्ल्याबमध्ये एउटा भत्कन थालेको स्थानीयवासी बुद्धिमान कार्कीले बताउनुभयो । चार स्ल्याबमा निर्माण हुनुपर्ने उक्तपुल ढिलो गरी निर्माण भइरहे पनि केही भागसमेत भत्कन थालेको छ । सडक डिभिजन कार्यालय सिरहा, लाहानका इञ्जिनीयर बचन...
फागुन ७, काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारी ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनुभयो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक नियोगका प्रमुख,...
फागुन ७, काठमाडौं -थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले विजयी सुरूवात गरेको छ। नेपालले आज भएको खेलमा मलेसियालाई ३४ रनले हराउँदै विजयी सुरूवात गरेको हो। नेपालले र्दिको १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रनमा समेटियो। नेलाललाई यो जित दिलाउने क्रममा नेपालकी करूणा भण्डारी र सरिता मगरले २-२...
फागुन ७, काठमाडौँ -सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उहाँले सर्वोच्च अदालतमा काम गरिरहनुभएको थियो । प्रधानन्यायाधीश जबरा नियुक्त भएसँगै उहाँलाई न्याय सम्पादनको...
फागुन ७, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गर्नुभएको छ ।उनान्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अबको हाम्रो यात्रा सुशासन र विकासतर्फ भएकाले हामीले तीव्र गतिका साथ त्यसतर्फ अघि बढ्नुपर्छ भन्नुभयो ।प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विल्कुलै...
-जम्बला लामा यस्तै भइरहेको रहेछ अख्तियार दुरुपयोग अनुसन्धानमा । आफै रहेछ ठूलो माछा अर्थात अख्तियार दुरुपयोग अनुसन्धानकै भ्रष्ट आयुक्त राजनारायण पाठक । आफै पो रहेछ ठूलो माछा । बल्ल जनताले थाहा पायो की ठूलो माछा किन नसमातेको भनेको त अख्तियार आफै रहेछ ठूलो माछा । अर्थात अख्तियार आफै रहेछ भ्रष्टाचारको मुल जग नै, अनि कसरी समातिन्छ त ठूलो माछा ?संवैधानिक...
फागुन ७, काठमाडौँ -अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई जितका लागि १२७ रनको लक्ष्य दिएको छ ।थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२६ रन बनायो ।नेपालका लागि शुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित...
फागुन ७, काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औँ राट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नेपालको संविधानका सबै प्रावधानहरू लागू हुँदै गएको र ‘समृद्ध नेपाल सुखी नेपाली’ नेपाली जनताको चाहना भएको उल्लेख गर्दै...
नयाँ नेपाल न्युज केन्द्रिय ब्युरो, फागुन ७, भक्तपुर । महेश बस्नेत भक्तपुरबाट निर्वाचित सांसद हुन् । तर उनको चर्चा यतिमा मात्र सिमित छैन् । तत्कालिन युथ फोर्सको कमाण्डर भएका उनी हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य छन् । बस्नेतको जन्म २०३१ सालको माघ १० गते सूर्यविनायक नगरपालिका –७, गुण्डुमा भएको हो । २०४९ सालमा नेकपा एमालेको साधारण सदस्य भएका बस्नेत २०५४...