समाचारपत्र दैनिक / सुनील महर्जन,
फागुन ७, काठमाडौं । सकारले ल्याएको कर्मचारी समायोजनमा सोमबार सम्म ७ हजार ३ सय ४१ क्र्मचारीको समायोजन भएको छ । सो मध्ये ५ हजार ६ सय ९१ जना कर्मचारी संघमा नै समायोजन भएका छन । हालसम्म समायोजन सकिएको कुल कर्मचारी संख्यामध्ये अधिकांश संघमै समायोजन भएका हुन् । ९ सय ७ जना प्रदेशमा र ७...
समाचारपत्र दैनिक/मधुसूदन रायमाझी,
फागुन ७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु फेरफेर गर्ने भद्र सहमति भएको हो । सरकार गठन गर्नुपूर्व एक वर्षको अवधिमा मन्त्री हेरफेर गर्ने सहमति बमोजिम सरकारमा पार्टीको तर्फबाट सहभागी...
फागुन ७,
काठमाडौं । नेपालमा विगतको हुलाक जस्तै काम गर्दै आएको सामाजिक सञ्जालमा दुरुपयोग बढेपछि सरकारले यसलाई दर्ता गरेर मात्र चलाउन पाउने कानुन ल्याउने तयारी गरेको छ । नयाँ कानून कार्यान्वयनमा आएपछि हाल सञ्चालनमा रहेका फेसबुक, म्यासेन्जर, ह्वाटएपस, ट्वीटर, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जाल गर्न अनिवार्य दर्ता हुने पर्ने कार्यविधी बनाइने भएको हो । कानूनी रुपमा दर्ता नहुँदा नेपालबाट...
फागुन ६,
काठमाडौँ- फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को प्रमोश्नल गीत ‘किच किच माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा फिल्मका दुई कलाकार कर्म र आना शर्मा फिचर्ड छन् । भिडियोमा यी दुइको प्रेम र झगडालाई गीतमा देखाइएको छ । भिडियो हेर्नुहोसhttps://www.youtube.com/watch?time_continue=250&v=WpdOV3as8RE गीतमा शुजेन्द्र डी कार्कीको शब्द, संगीत र स्वर रहेको छ । गीतलाई सविन शाक्यले कोरियोग्राफ गरेका हुन् भने यसको...
फागुन ६,
काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालिन शाखा अधिकृत रामजी रिजालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर भएको छ । विभिन्न कार्यालयहरुमा रहँदा पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति कमाएर अस्वाभाविक उच्च जीवनयापन गरिरहेको भन्दै अख्तियारले रिजालविरुद्ध मुद्दा दायर गरेको हो ।रिजालविरुद्ध श्रोत नखुलेको सम्पत्ति बिगो दुई करोड ९७ लाख ३८ हजार तीन...
फाल्गुन ६,
काठमाडौँ साताको दोस्रो दिन नेप्से ७ दशमलव २१ अङ्कले घटेर ११०२ दशमलव ५१ अङ्कमा बन्द भएको छ । कारोबार रकम २३ करोड ४५ लाख रुपैयाँ पुगेको छ । होटल र उत्पादनमूलक क्षेत्रकोे परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । सबैभन्दा धेरै नविल बैंक लिमिटेड प्रमोटर सेयरको २ करोड ४३ लाख बराबरको शेयर किनबेच भयो ।...
फागुन ६
सिरहा- सप्तरीको सुरुङ्गा नगरपालिकामा एक महीनायता कुखुराको मासुको मूल्यमा मूल्य अत्यधिक वृद्धि भएकाले उपभोक्ता मारमा परेका छन् ।
सुरङ्गा नगरपालिकाको कुशहा, कदमाहालगायत वरपरका बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य एक महीनामा चारपटक बढेर अहिले प्रतिकेजी रु ३०० पुगेको छ । एक महीनाअघि प्रतिकेजी रु २०० मा विक्री हुँदै आएको मासु २८० क्रमशः बृद्धि भएर रु ३०० पुगेको हो ।...
फागुन ६ ,
काठमाडौं - माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा लिएको भारतीय कम्पनी जीएमआरले वित्तीय व्यवस्थापनका लगि फेरि एक वर्ष समय मागेको छ । जीएमआरले आफूले उत्पादन गरेको विजुली बंगलादेशमा बिक्री गर्न दुई महिनाभित्र विद्युत खरिद सम्झौता हुने विश्वास दिलाउँदै वित्तीय व्यवस्थापनका लागि एक वर्षको समय माग गरेको हो ।
नेपालमा आगामी मार्च २९ र ३० मा हुने नेपाल...
फागुन ६,
काठमाडौँ-राष्ट्रिय परिचयपत्र वितरणका लागि रु सात अर्व ५२ करोड लाग्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि आवश्यकपर्ने रकम सरकारले आफ्नै स्रोतबाट खर्च गर्ने भएको छ ।
विस २०७५÷०७६ को बजेट वक्तव्यमा ‘पाँचवर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति अनुरुप अगामी वर्ष १५ जिल्लामा कार्यक्रम विस्तार गरिने छ’ भन्ने उल्लेख गरिएको छ...
फागुन ६,
काठमाडौं - सडक दुर्घटनामा घाइते बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको सोमबार निधन भएको छ । गत माघ ११ गते पिकनिकबाट फर्किने क्रममा भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको जिप बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो ।यो दुर्घटनामा एसपी पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा भट्टराई गम्भीर...



