महेश बस्नेतः विकाश प्रेमीको हिरो, विरोधीको नजरमा जिरो

156
सांसद महेश बस्नेत

नयाँ नेपाल न्युज केन्द्रिय ब्युरो,
फागुन ७,
भक्तपुर । महेश बस्नेत भक्तपुरबाट निर्वाचित सांसद हुन् । तर उनको चर्चा यतिमा मात्र सिमित छैन् । तत्कालिन युथ फोर्सको कमाण्डर भएका उनी हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य छन् ।
बस्नेतको जन्म २०३१ सालको माघ १० गते सूर्यविनायक नगरपालिका –७, गुण्डुमा भएको हो । २०४९ सालमा नेकपा एमालेको साधारण सदस्य भएका बस्नेत २०५४ सालमा युवा संघको जिल्ला अध्यक्ष र नेकपा एमालेको जिल्ला सदस्य थिए । २०५६ सालमा युवा संघको केन्द्रीय सदस्य, २०६३ सालमा केन्द्रीय कोषाध्यक्ष हुदै २०६५ सालमा युथ फोर्सको प्रमुख, २०५० सालमा गुण्डु गाविस –४, को वडाअध्यक्ष भएका बस्नेत ०५४ सालमा २३ वर्षकै उमेरमा देशकै कान्छो गाविस अध्यक्ष भएर काम गरेका थिए । २०७२ सालमा उनीले उद्योगमन्त्री जिम्मेवारी पाएका हुन् । बस्नेतको ‘म महेश’ नामक आत्मकथा पनि प्रकाशित  छ ।

रंगशाला बनाउने धोको
बस्नेतको पहलमा जिल्लाका प्रदेशसभा सदस्य, सरोकारवाला र युवा तथा खेलकूद मन्त्रालय, भूमि सुधार मन्त्रालय, शहरी विकास मन्त्रालयका उच्चस्तरीय प्रतिनिधिबीच पटक÷पटक भएको छलफल एवं जग्गा अनुमगनपछि सरकारले रंगशाला निर्माण क्षेत्रको पहिचान गरी कार्य अगाडि बढाएको छ । सूर्यविनायक नगरपालिका– १० नं वडाको पलाँसे र चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीको जग्गामा रंगशाला निर्माणको प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको थियो । तर त्यहाँ विरोध भएपछि सुनपा कै ८ र ९ मा बनाउने तयारी छ ।

हनुमान्ते सफाई र करिडोर बनाउने धोको
हनुमान्तेमा निर्माण हुने करिडोर पहिलो चरणमा दुई किलोमिटर निर्माणका लागि रु.८१ करोड लागतको ठेक्का सम्झौता गरी निर्माणकार्य सुरु गरिएको हो । भक्तपुरका चारवटै नगरपालिका भई बग्ने हनुमन्ते नदीको कुल लम्बाइ ९ किमि छ । त्यसपछि यो नदी मनोहरा हुँदै बागमतीमा मिसिन्छ । करिडोर निर्माणअन्तर्गत रिटेनिङ वाल लगाउने, नदी किनारामा बाटो बनाउने, हरियाली कायम गर्ने र डुबान क्षेत्रको संरक्षण गरिने छ । आगामी दुई वर्ष्भित्रमा हनुमन्ते करिडोर निर्माण गरिसक्ने लक्ष्य रहेको छ । यसका लागि पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद बस्नेतले निकै पहल गरेको देखिन्छ । भक्तपुरका चार वटा नगरपालिकालाई दायाँ बायाँ घुमाउदैं हनुमान्ते नदी बग्छ । हनुमान्ते नदी सफाई अभियान सुरु हुनुमा पनि बस्नेतको योगदान रहेको छ । अहिले यो अभियान ५१ हप्तामा चलिरहेको छ ।

पक्की सडक बनाउने धोकोः
सांसद बस्नेतले उनको निर्वाचन क्षेत्रमा मात्र नभएर भक्तपुरको १ नम्बर निर्वाचन क्षेत्रमा पनि सडक बनाउन पहल गरिरहेका छन् । उनका अनुसार गट्ठाघर सानो थिमी हुँदै बोडेसम्म जाने सडक सडक, चारदोवाटोदेखि बाखाबजार हुँदै बोडे मुलपानी जाने सडक निर्माण कार्य तिव्र गतिमा अघि बढेको छ । मध्यपुर थिमी – बप्पामहादेव हुँदै थिमी नगरपालिका हुँदै बोडे जाने सडक पिच बनिसकेको समेत बताए ।

के छ आरोप सांसद बस्नेतलाई ?
भक्तपुरका रहेका नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले उनले काम कम हल्ला धेरै गरेको आरोप लगाउदैं आएका छन् । रंगशाला बनाएर खेती योग्य जमिन मास्न, करिडोरको नाममा भूमाफिया सहयोग गरेको आरोप लाग्दै आएको छ । यस्ता आरोपलाई बस्नेतले विकाश विरोधीको संज्ञा दिने गरेका छन् ।

नेकपाका नेता कार्यकर्ता के भन्छन्ः
सांसद बस्नेतलाई नेकपा भित्रका अर्को समुहका नेता कार्यकर्ताले राम्रो नजरले हेर्ने गरेको देखिदैंन् । उनी राजनीतिमा छिट्टै प्रगति गर्ने मध्य एक हुन् । केपी ओलीको विश्वास पात्र बस्नेत लोकप्रियता कायम राख्न आफुलाई केही कुरा बदल्नु पर्ने स्वयम् नेकपाका नेताहरुको भनाई रहेको छ । एउटा स्वार्थ समुह उनको पछि–पछि लाग्छ जसले आफ्नो काम मात्र हेरेका छन् । उनीहरु राजनीतिक प्राणी होइनन् । त्यसैले पनि त्यस्ता व्यक्तिबाट सांसद बस्नेत सचेत हुनु पर्ने नेकपा नेता कार्यकर्ताको सुझाव छ ।