टी–२० विश्वकप छनोटमा मलेसियालाई ३४ रनले पराजित गर्दै नेपालको विजयी सुरूवात

59

फागुन ७,
काठमाडौं -थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले विजयी सुरूवात गरेको छ। नेपालले आज भएको खेलमा मलेसियालाई ३४ रनले हराउँदै विजयी सुरूवात गरेको हो। नेपालले र्दिको १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रनमा समेटियो। नेलाललाई यो जित दिलाउने क्रममा नेपालकी करूणा भण्डारी र सरिता मगरले २-२ विकेट लिँदा कविता कुँवर र सीता रानामगरले १-१ विकेट लिएका थिए ।मलेसियाका लागि क्रिष्टिना वारेतले सर्वाधिक २५ रनको योगदान दिइन्। विनिफ्रिड डुराइ सिंगामले १८ रन बनाउनुबाहेक अन्यले राम्रो खेल्न सकेनन्।

यस अघि थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२६ रन बनायो । नेपालका लागि शुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले छ रन जोडिन् । नेपालले मलेशियापछि दोस्रो खेलमा आयोजक थाइल्याण्डसँग बिहीबार खेल्नेछ ।

एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।