नेप्से २२.४४ अंकले बढ्यो,

53

फाल्गुन ७
काठमाडौँ- साताको तेस्रो दिन आज नेप्से २२ दशमलव ४४ अङ्कले बढेर ११२४ दशमलव ९६ अङ्कमा बन्द भएको छ । कारोबार रकम २१ करोड ४५ लाख रुपैयाँ पुगेको छ । सबै क्षेत्रको परिसुचकमा हरियालि छाएको छ । जीवन बीमा कम्पनीको परिसुचकमा ४ दशमलव ५७ अंकको वृद्धि आएको छ ।

सबैभन्दा धेरै अपर तामाकोशिको १ करोड २७ लाख ९३ हजार बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ९३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको शेयर १० प्रतिशतले घट्न पुग्यो ।