‘कर्मचारी हेर्न एकान्तकुनामा आउनुस’ : पानी जहाज कार्यालय (विज्ञप्ति सहित)

267

फागुन ७,
काठमाडौं– नेपाल पानी जहाज कार्यालयले एक विज्ञप्ति निकाल्दै सञ्चारमाध्यमहरुमा आएको समाचारको खण्डन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सो कार्यालयले पानी जहाज कार्यालय सञ्चालनमा आएको भोलीपल्ट देखिनै बन्द भएको भ्रामक खबर सम्प्रेषण भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । कार्यालयका निमिक्त रजिष्टार अमृतमणि रिमालले फागुन २ गतेदेखि नै ११ जना कर्मचारीहरुले विधिवत रुपमा काम गर्दै आएको उल्लेख गर्दै अन्य कुराहरुको पनि जानकारी चाहिए एकान्तकुनास्थित कार्यालयमा आउन विज्ञप्तिमा भनिएको छ ।

उक्त दिन र भोलिपल्ट जाँदा समेत सो कार्यालयमा कर्मचारीको व्यवस्था गरिएको थिएन । सञ्चारमाध्यमहरुले पानी जहाज कार्यालय स्थापना भएपनि कर्मचारी नभएको समाचार लेखेपछि कार्यालयले कर्मचारी रहेको जानकारी गराउँदै सो विज्ञप्ति निकालेको हो ।