Wednesday, October 14, 2026
Home अर्थ हिजो बढेको नेप्से आज फेरी १२.७२ अंकले घट्यो

हिजो बढेको नेप्से आज फेरी १२.७२ अंकले घट्यो

179

फागुन ८,
काठमाडौँ साताको चौथो दिन नेप्से १२ दशमलव ७२ अङ्कले घटेर १११२ दशमलव २३ अङ्कमा बन्द भएको छ । कारोबार रकम १६ करोड ६१ लाख रुपैयाँ पुगेको छ । उत्पादनमूक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट छ । उत्पादनमूक क्षेत्रको परिसुचकमा ० दशमलव ४४ अंकको वृद्धि आएको छ । सबैभन्दा धेरै अपर तामाकोशिको ९३ लाख ५० हजार बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ८४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै नेपाल सेवा लघुवित्तकोे शेयर ५ दशमलव ३८ प्रतिशतले घट्न पुग्यो ।