नेकपा कार्यदलसहितको सचिवालय बैठक बालुवाटारमा जारी

110

फागुन ९,
काठमाडौँ- पार्टी एकीकरण टुंगोमा पुर्‍याउन प्रयासरत नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय र कार्यदलको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा एकता प्रक्रिया टुंगो लगाउन पटकपटक कार्यदल बनाई गृहकार्य गर्दासमेत प्रक्रिया लम्बिएपछि बैठक बसेर एकता प्रक्रिया टुंग्याउन लागिएको सचिवालय सदस्य वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक छलफल गरेर प्रक्रिया सम्पन्न गर्ने प्रयास गरिरहेका छन्। नेकपाले केन्द्रीय निकायहरू, ३२ केन्द्रीय विभाग र भूगोलका ७७ जिल्लाको एकता टुंगो लगाउन बाँकी छ। त्यसैगरी पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, चार विशेष जिल्ला कमिटी र तिनलाई नेतृत्व गर्ने प्रदेशसरहको विशेष कमिटी, सम्पर्क समन्वय कमिटी, प्रदेश सम्पर्क कमिटी गठन गर्न पनि बाँकी नै छ। यस्तै प्रवास क्षेत्रको एकीकरण, जनवर्गीय संगठनहरू केन्द्रदेखि स्थानीय तहसम्मको एकता प्रक्रिया पनि टुङ्गिन बाँकी छ।