Tuesday, June 30, 2026
Home Blog Page 1770
फागुन १२ काठमाडौं - संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ। थारु आयोग र मधेशी आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइका लागि कार्यसूची तय गरिएको संसदीय सुनुवाइ विशेष समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो। १५ सदस्यीय समिति नेपाली कांग्रेसले बहिष्कार गर्दै आएको छ। समितिमा कांग्रेसका चार सदस्य छन्। समितिमा सत्तारूढ नेकपाका नौ र राष्ट्रिय जनता पार्टी र संघीय फोरमका एकरएक...
फागुन १२ काठमाडौँ - पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।...
फागुन १२ काठमाडौं -नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा रहेको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने ठेकेदार छनोट गरेको छ। महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत तारलाई भूमिगत गर्न सबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेड छनोट भएको हो। प्राधिकरणले ६ फागुनमा बोलपत्रको नतिजा सार्वजनिक गर्दै छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार...
फागुन १२ काठमाडौं - कमिसन वृद्धि लगायतका माग पूरा नगरे बिक्री ठप्प पार्ने चेतावनीसहित सरकारलाई अल्टिमेटम दिएका ग्यास उद्योगीले राजनीतिक ‘लबिङ’ थालेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १० बुँदे माग पूरा गर्न नेपाल एलपी ग्यास उद्योग संघले सरकारलाई १० दिने अल्टिमेटम दिएको थियो । त्यसको चौथो दिन आइतबार संघका पदाधिकारीहरु नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न पुगेका...
फागुन १२ काठमाडौं । प्रहरी प्रधान कार्यालयको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीका ६४ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिसमा गरेको हो ।
फागुन १२, काठमाडौं । सरकारी चिकित्सक संघले माग सम्बोधनको लागि सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । कर्मचारी समायोजनमा चिकित्सकलाई संघमा राख्न पर्ने माग चिकित्सक संघको छ। आज आइतबारदेखि लागू गरिएको अल्टिमेटममा ७२ घण्टा सम्ममा पनि माग पुरा नभए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने, साथै अझै पनि माग सम्बोधन नभएमा सामूहिक राजीनामा दिने चिकित्सक संघ जनाइएको छ । कर्मचारी समायोजनमा...
फागुन १२ रुकुम पूर्व -आइतबार बिहान रूकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाको एक विद्यालयमा पढन आएका विद्यार्थीहरु ठूलो संख्यामा एकैपटक बिरामी परेका छन्। पुथाउत्तरगंगा गाउँपालिका–६ मयााङमा रहेको जनजागृती आधारभूत विद्यालयका विद्यार्थीहरु बिरामी परेका हुन् । आइतबार बिहान विद्ययालय आएर प्रार्थनाका लागि लाइन लागेका बेला टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुनेजस्ता समस्या देखा परी विद्यार्थी बिरामी भएको प्रधानाध्यापक चेतकुमार सेनले जानकारी दिएका...
फागुन १२, काठमाडौँ -नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ । सङ्गठनले पछिल्लो समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो । सङ्गठनका अध्यक्ष भीमज्वाला राई नेपालमा दैनिक ७÷८ मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको घटनालाई मध्यनजर गर्दै उक्त अभियान...
एजेन्सी फागुन १२,काठमाडौं - अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा एक नेपालीको गोली हानी हत्या गरिएको छ । लम्जुङ घर भएका सुभाष घलेको हत्या भएको हो । हतियारधारीले गोली चलाउँदा घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको हो भने अन्य दुई घाइते भएका छन् । सुभाषले टी–मार्ट सञ्चालन गरेका थिए । हतियारधारी भित्र पसेर उनलाई गोली हानेको थियो । ति बन्दुकधारीले आफ्नी...
फाल्गुन १२, म्याग्दी — रघुगंगा गाउँपालिकाकी ८१ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । शुक्रबार राति १० बजे आफ्नै घरमा सुतिरहेकी उनलाई स्थानीय ३३ वर्षीय गोरे दर्जीले बलत्कार गरेको प्रहरीले बताएको छ । वृद्धाले कान पनि नसुन्ने र बोल्न पनि नसक्ने स्थानीयले जानकारी दिए । पीडित वृद्धाका आफन्तहरुकाअनुसार राति उनीमात्रै सुतेको घरभित्रबाट अस्वभाविक आवाज सुनिएपछि छेवैको घरमा बस्ने नातिनीले हेर्दा...