Wednesday, July 1, 2026
Home Blog Page 1769
फागुन १२, क्यालिफोर्निया – सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिनुभएको छ । उहाँले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताउनुभएको छ । हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहनुभएका विलियम्स सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहनुभएको थियो । विलियम्सले सन् २०११ मा ट्वीटर छाडेपनि अद्यापी कार्यसमितिका...
१२ फागुन, बेझाड -सुन्तलाले प्रख्यात बनेको निस्दी गाउँपालिका–५ को गल्धा बहपुरलाई सुन्तला पकेट क्षेत्रका रुपमा विस्तार गरिएको छ । यस क्षेत्रमा सुन्तलाको उत्पादन वृद्धि हँुदै गएकाले गाउँपालिकाले पकेट क्षेत्र घोषणा गरेको हो । यसका लागि उक्त गाउँपालिकाले दुई लाख ७० हजार विनियोजन गरेको छ । सोह्र घरपरिवारको मुख्य आयस्रोत नै सुन्तला खेती बनेको यहाँ हाल २२५ रोपनी जमीनमा तीन हजार...
फाल्गुन १२, . काठमाडौँ — नेत्रवित्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले ललितपुरको नख्खु लगायत देशका विभिन्न स्थानमा रहेको एनसेल टावरमाथि गरेको आक्रमणको जिम्मेवारी लिएको छ । शुक्रबार राति नेकपाले ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय अगाडि लक्षित गरी प्रेस कुकुर बम पड्काउँदा १ जनाको मृत्यु भएको थियो भने, दुई जना घाइते भएकाथिए। चन्द नेतृत्वकोसमूहका एक नेताले कान्तिपुरसँग कुरा गर्दै भने, ‘हामीले पैदलयात्री...
फागुन १२, काठमाडौँ -गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले एनसेलको मुख्यालय तथा टावरहरुमा भएको बम हमला तथा आगजनीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हात रहेको जानकारी दिएका छन् । आइतबार राज्य व्यवस्था समितिको बैठकमा एनसेल मुख्यालय तथा टावरहरुमाथि भएको आक्रमणको जानकारी दिँदै सो कुरा बताएका हुन् । विगतमा बम विस्फोटको शृङ्खलामा विप्लव नेतृत्वकै पार्टीको हात रहेको जिकिर गर्दै...
फागुन १२, काठमाडौँ- काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर हङ्स मण्डपस्थित खुल्ला चौरबाट गएराति ढलौटमा पित्तलको जलप लगाएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ । करीब ३.५ फिट अग्लो ३५ किलो तौल भएको उक्त मूर्ति चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ओम सेना नेपालको कार्यालय सोह्रखुट्टेमा रहेको उक्त मूर्ति सोही संस्थाबाट शिवरात्रि मेलाका लागि पशुपति मन्दिर हङ्स मण्डपमा लगिएको थियो...
काठमाडौँ फागुन १२ पोखरास्थित पातले छांगा (देविड फल्स)को मनोरम दृष्य । हाल यहाँ पानीको वहाव निकै कम भएको छ ।पोखरास्थित विश्व शान्ति स्तुपाबाट देखिएको फेवाताल र वरिपरिको मनोरम दृष्य । स्रोत रासस
फागुन १२, साँखु -महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली छाप र लागुऔषध कारोवार गर्ने दाजुभाईलाइ पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी वेशीगाँउस्थित डेरा गरी बस्ने कामपा–७ स्थायी घर भएका ३२ वर्षीय सुजन मगर र २७ वर्षीय सुरेश मगरलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ । गोप्य सूचनाको अधारमा प्रहरीले लागुऔषध कारोवारी भन्ने थाहा पाएपछि मगरको कोठामा छापा मारेको थियो...
फागुन १२, काठमाडौं । भक्तपुरको सूयविनायक नगरपालिका–८ आदर्श चोक बस्ने २६ वर्षीय निकेश भुजु भ्यानभित्रै मृत भेटिएका छन् । बा५ च ६४२१ नम्बरको भ्यानमा उनी मृत अवस्थामा फेला परेका हुन् । उनी शनिबार बिहान ५ वर्षीय छोरालाई कपाल काट्न र साथीकोमा जान्छु भन्दै घरबाट निस्केका थिए । उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा भक्तपुर नगरपालिका–९ लिवालीमा सो गाडीभित्र बेहोस...
फागुन १२, काठमाडौँ -राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी पार्टी एकीकरण भएपछि असन्तुष्ट रहेका पूर्वमन्त्री दीपक बोहरासहितका नेताहरू कमल थापा नेतृत्वको राप्रपा प्रवेश गरेका छन् । आइतबार बानेश्वरमा आयोजित एक कार्यक्रममा बोहरासहितका नेताहरूलाई अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राप्रपामा बोहरासहित तत्कालीन राप्रपा प्रजातान्त्रिकका कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता प्रदीप उदय,...
फागुन १२, काठमाडौँ -नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसंघमा ३२ वर्षे हदबन्दीको पक्ष र विपक्षमा विद्यार्थी नेताहरु प्रदर्शनमा उत्रिएपछि झडप भएको छ । विद्यार्थीहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले लाठीचार्ज समेत गरेको छ । प्रहरीले लाठीचार्ज गरेपछि दुई पक्षबीच झडप भएको छ । निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकट विद्यार्थी सुशील भट्ट नेतृत्वको टोलीले तदर्थ समित बनाउँदा ३२ वर्षे हदबन्दी लागु हुने पर्ने...