Saturday, September 19, 2026
Home राजनीति संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित, अर्को बैठक फागुन १४ गते

संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित, अर्को बैठक फागुन १४ गते

103

फागुन १२
काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ। थारु आयोग र मधेशी आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइका लागि कार्यसूची तय गरिएको संसदीय सुनुवाइ विशेष समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको हो। १५ सदस्यीय समिति नेपाली कांग्रेसले बहिष्कार गर्दै आएको छ। समितिमा कांग्रेसका चार सदस्य छन्। समितिमा सत्तारूढ नेकपाका नौ र राष्ट्रिय जनता पार्टी र संघीय फोरमका एकरएक सदस्य छन्। बैठक सञ्चालनका लागि बहुमत सदस्य अर्थात् कम्तीमा ८ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था संसदको नियमावलीमा छ । संवैधानिक परिषद्ले मधेशी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको थियो। सुनुवाइ समितिको अर्को बैठक १४ गते दिउँसो २ बजेका लागि डाकिएको छ।