फागुन १९,
काठमाडौँ -पाश अर्थात् बन्धनमा रहेकालाई मुक्ति दिने पशुपतिनाथको दर्शन गर्न देशविदेशका साधुहरु आउने क्रम बढ्दैछ । स्वदेश र विदेश गरी भारतका विभिन्न मठमन्दिरका साधु, स्वामी तथा योगीहरु पशुपतिनाथ, डोलेश्वर, कालमोचन घाट आदिमा बस्ने गर्छन् ।
यही फागुन २० गते लाग्ने शिवरात्रि मेलामा पशुपतिनाथका दर्शनार्थीलाई सहज बनाउन विभिन्न धार्मिक सामाजिक संस्था तथा सेवा प्रदायक सरकारी एवं गैरसरकारी निकायबाट पाँच हजार...
-दिनेश सुवेदीरोल्पा । २०५८ साल फागुन २६ गतेदेखि १८ दिन अपहरणमा परेका प्रावि हरिगातिनाका २४ बर्षीय शिक्षक तिलकराम नेपालीलाई तत्कालिन विद्रोही माओवादीले ‘मृत्युदण्ड’ दिनुअघि अन्तिम इच्छा सोधे। रोल्पा नगरपालिका धनमुढाका नेपालीले आफ्नो परिवारलाई चिठ्ठी लेख्ने माग राखे। केही समयमा आफू मारिने जानकारी पाएका उनले २०५८ साल चैत १२ गते राती ९ बजे परिवारलाई ८ पेज लामो पत्र लेखे,‘जन्म दिने...
नयाँ पत्रिका
फागुन १९, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रूख कटान गर्ने अनुमति पाएसँगै राष्ट्रिय गौरवको आयोजना मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणले गति लिएको छ । एक महिनामा जंगलभित्र पनि पाइपलाइन तयार गरी आगामी वैशाखभित्र पाइपमार्फत नेपालमा तेल ल्याइने आयोजनाले जनाएको छ । ‘पथलैयादेखि अमलेखगन्जसम्म पर्ने करिब नौ किलोमिटर क्षेत्रमा रूख कटान सुरु भएको छ,’ पेट्रोलियम पाइपलाइन आयोजना कार्यालय प्रमुख प्रदीप यादवले भने, ‘अब...
(नयाँ पत्रिका) पुष्प ढुंगाना, सुवास भट्ट
फागुन १९, काठमाडौं । महालेखापरीक्षकको कार्यालयले पहिलोपटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्दै छ जसमा अथाह अनियमितता देखिएको छ, गत वर्ष ६ र ७ वैशाखमा भिटामिन ए क्याप्सुल खुवाउने कार्यक्रम अनुगमन गर्न धनुषाको मिथिला नगरपालिकाबाट मेयर हरिनारायण महतो, उपमेयर ताराकुमारी बस्नेत, वडाध्यक्षलगायत १० जनाको टोली निस्कियो । त्यो अनुगमनका नाममा नगरपालिकाले दुई दिनको भत्तास्वरूप जनही ३०...
फागुन १९,
काठमाडौं । पूर्व उपप्रधान एवं नेपाल कम्युनिष्ट पार्टीका नेता भरतमोहन अधिकारीको निधन भएको छ । उपचारको क्रममा राजधानीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा निधन भएको हो । उहाँको शनिबार राती ९ः३५ मिनेटमा निधन भएको अस्पतालले बताएको छ । अधिकारीको पार्थिक शरीर अन्तिम श्रद्धान्जलीको लागि आज ९आइतवार० ९ बजेदेखि १२ सम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले बताउनुभयो...
नेपाल समाचारपत्र/ईश्वरराज ढकाल
फागुन १९, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को परीक्षा प्रभावित हुने भएको छ । परीक्षामा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई पत्राचार गरेको छ ।...
श्रीनगर, रासस/सिन्ह्वा । भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन् । यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले शनिबार जानकारी दिएका छन् । भारत नियन्त्रित काश्मिरको गृष्मकालिन राजधानी श्रीनगरबाट झण्डै २०४ किलोमिटर टाढा पर्ने उधाम्पुर जिल्लाको माजाल्तामा शुक्रबार राति दुर्घटना भएको हो...
फागुन १८,
काठमाडौं । नेपालमा पछिल्लो समय अनलाईन मिडियाहरु बदनाम हुन थालेका छन् । कुनै बिरामी अस्पतालमा उपचाररत हुदाँ हुदैं मिडियाका सम्पादहरुले मृत घोषित गरिरहेका छन् । केही घण्टा यतादेखि नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर छ । अधिकारी उपचाररत ह्याम्स अस्पतालले सो जानकारी पनि दिएको छ । तर धेरैले यो विषयमा गलत...
फागुन १८,
भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा भएको जनाइएको छ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले शनिबार पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो ।
महाशिवरात्री पर्वमा डोलेश्वरमा देश विदेशबाट साधु–सन्तहरुलाई श्रेणीमा वर्गीकरण गरि दक्षिणा दिईने प्रचार प्रसार उपसमिति संयोजक एवम् समितिका सचिव विश्वराम थापाले जानकारी दिए । उनका अनुसार क वर्गका...
फागुन १८,
काठमाडौं । नेकपा नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर रहेको उनी उपचाररत ह्याम्स अस्पतालले जनाएको छ । अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै उनलाई बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको जनाएको हो । उनलाई अहिले भेन्टिलेटरमा राखेर रक्तचाप बढाउने औषधिहरुको प्रयोग गरिएको पनि अस्पतालको भनाई छ । ‘आजको अवस्था अनुसार उहाँको सम्पूर्ण महत्वपूर्ण अंगहरुले...



