फागुन १७,
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकले हेलिकप्टर दुर्घटनामा परी निधन हुनु भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले मन्त्री अधिकारीसहित सो दुर्घटनामा परी निधन हुनु भएका सातै जनाप्रति...
फागुन १७,
पोखरा– मन्त्री रवीन्द्र अधिकारीको मृत्यु संस्कार सात दिनमै सकिने भएको छ। मन्त्री अधिकारी मृत्यु संस्कार १३ दिनबाट घटाएर सात दिनमा झार्नुपर्छ भन्ने अभियान्ता भएका कारण सात दिनमै मृत्युको संस्कार सकिने पारिवारिक स्रोतले जनाएको छ। आज तेस्रो दिन भएकाले उनको मृत्यु संस्कार अब चार दिनमा अर्थात २१ गते मंगलबार सकिनेछ। मृत्यु संस्कार घटाउने अभियान चलाउन उनले संस्कृति मन्त्रालयमार्फत समिति...
फागुन १७
काठमाडौं -भारतीय सेनाका पाइलट अभिनन्दन वर्तमान, जसका कारण भारत–पाकिस्तान युद्धको रुप नै बदलियो । लगभग उनकै कारण भारतले सैन्य गतिविधि नै रोक्न बाध्य भएको देखियो ।त्यसो त, ती पाइलट जब नियन्त्रणमा परे त्यसपछि त युद्ध मैदानबाटै समाचार बाचन गरे झैँ प्रस्तुती दिएका भारतीय मूलधारका मिडिया पनि मौन भए ।
छोटो अवधिमा भारत र पाकिस्तानले झेलेका परिस्थितिका बीच भारतीय पाइलटको...
फागुन १७,
भीमदत्तनगर-नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताबिना प्रजातन्त्र बाँच्न नसक्ने बताउनुभएको छ । आज कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै सभापति देउवाले लोकतन्त्र र प्रेस एक अर्काका पूरक भएकाले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने बताउनुभयो ।उहाँले सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर नभएको आरोप पनि लगाउनुभयो । सुदूरपश्चिम प्रदेशको विकासका...
फागुन १७,
काठमाडौँ -यौन तथा प्रजनन अधिकार क्षेत्रमा नेपालले गरेका पछिल्लो उपलब्धिलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट सरहना गरिएको छ । नेपालको संविधानमा यौन तथा प्रजनन अधिकारलाई मौलिक अधिकारका रुपमा राखिएको छ । यो अधिकारको प्रभावकारी कार्यान्वयन गर्न यससम्बन्धी ऐनसमेत कार्यान्वयनमा ल्याएको छ । महिला अधिकारका लागि विश्वव्यापी अभियान ९सिडिसाइडस्० दिवसका अवसरमा आजदेखि यहाँ शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीले सो प्रशंसा गर्दै...
फागुन १७,
काठमाडौँ -महानगरीय अपराध महाशाखाले सरकारी छाप र प्रमाणपत्र कीर्ते गर्ने तीन जनालाई पक्राउ गरेको छ । व्यक्तिबाट नगद रकम लिई सरकारी छाप कीर्ते गरी दश जोड दुईको विभिन्न प्रमाणपत्रहरु नक्कली बनाएको आरोपमा दीपक कटुवाल, रेखा माझी र अप्सरा गुरुङलाई काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।उनीहरुको साथबाट नक्कली प्रमाणपत्रसमेत बरामद भएकाले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा...
फागुन १७,
काठमाडौँ– राष्ट्रियसभाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनमा शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त शोक प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दैै एक मिनेट मौन धारणसमेत गरेको छ । शोक प्रस्तावमा भनिएको छ, ‘मन्त्री अधिकारीको ४९ वर्षको उमेरमा २०७५ साल फागुन १५ गते...
फागुन १७,
वासिङ्टन –संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन लादेन आतङ्कवादी कृयाकलापमा संलग्न रहेको अमेरिकी दाबी छ । “जिहादका युवराज” समेत भनेर चिनिने हाम्जा पाकिस्तान, अफगानिस्तान, सिरिया वा इरानमध्ये एक देशमा लुकेर बसेको अनुमान गरिएको छ ।...
फागुन १७,
दोलखा । जिल्लामा केही दिन यता अनौठो घटना घटेको छ । दोलखाको सदुमुकाम चरिकोटमा रातको समयमा एका एक घरमा राखिएका जुत्ता चप्पल हराए । त्यो समस्या एक दुई हुदैं धेरै घरमा घटेपछि स्थानीयहरुले प्रहरीका गुहार मागेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाको फेसबुक पेजमा यस्तो विज्ञप्ति प्रकाशित भएको छ ।रातको समयमा एक जोडी कुकुरले बिभिन्न घरबाट उठाई ल्याएका...
फागुन १७
काठमाडौँ, ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका चार जनाको आआफ्नै विधि, परम्परा र संस्कृति अनुसार आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको आज...


