फागुन १९,
काठमाडौँ, भूकम्पको जोखिममा रहेका नेपालका बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुने भएको छ । सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी विभिन्न देशको सहयोगमा बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गर्न लागेको हो । जसमध्ये चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र राइम्सको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुन लागेको हो । चीन सरकारको सहयोगमा...
फागुन १९,
पोखरा -पोखराको फेवातालमा खसेर रोमानियाकी एक प्याराग्लाइडरको आज मृत्यु भएको छ । बयालीस वर्षीया एडे–सिस जेडिआर नाम गरेकी रोमानियाली नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो ।पोखराको सराङकोटबाट फ्लाइडर गर्न उडेकी उहाँ आज बिहान ११ बजे फेवातालमा खस्नुभएको थियो । उहाँलाई फेवातालको बाराही घाटमा रहेको मोटरबोटसहितको टोलीले उद्धार गरेको थियो ।...
फागुन १९,
काठमाडौँ। चलचित्र ‘लभ स्टेसन’ को फस्ट लुक्स रिलिज गरिएको छ । आगामी नयाँ वर्षको अवसर पारेर २२ चैतबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने यो चलचित्रको फस्ट लुक्सका रूपमा सातवटा पोस्टर शुक्रबार रिलिज गरिएको हो ।चलचित्र लिलिबिलीबाट चर्चामा आएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित ‘लभ स्टेसन’ सांगीतिक प्रेम कथामा आधारित चलचित्र भएको यसका निर्देशक उज्ज्वल...
फागुन १९,
काठमाडौँ, कर्मचारी समायोजनका केही बुँदामा असहमति राख्दै आन्दोलनरत् सरकारी चिकित्सक सङ्घ (गोदान)ले सरकारको आश्वासनपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोदानले उठान गरेका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको गोदानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल...
पोखरा । कास्कीको सराङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको छ । फेवाताल पुगेका सुरक्षाकर्मीले उद्धारका लागि प्रयास गरिरहेको छ । फेवातालमै रहेको सशस्त्र प्रहरीको टोलीले पनि उद्धार प्रयास गरिरहेको छ । प्याराग्लाइडिङ ११ बजेर १७ मिनेटमा तालको मध्य भागमा खसेको हो। स्लोपाइलट वा टेन्डम हो खुलिनसकेको प्रहरीको भनाई छ। यद्यपी विदेशी नागरिक हुन सक्ने प्रहरीको अनुमान छ। थप...
फागुन १९,
काठमाडौँ राष्ट्रियसभाको आजको बैठक विशेष कारणवश स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक फागुन २१ गते मङ्गलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख छ । सभाको आजको सम्भावित कार्यसूचीमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित राहदानी विधेयक, २०७५ माथि सदनमा छलफल गरियोेस्’ भन्ने प्रस्ताव प्रस्तुत...
फागुन १९,
चिप्लेढुङ्गा -पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन् । फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट सोच भएका लोकप्रिय युवानेता भएकाले उहाँको सम्मानमा निर्माणाधीन विमानस्थलको नामाकरण गर्न पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन...
फागुन १९,
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा अध्यक्षद्वय ओली र दाहालले पुष्पाहार चढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । उपचारका क्रममा शनिबार राति दिवङ्गत हुनुभएका उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिएको...
फागुन १९,
काठमाडौँ -पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जनाएको छ ।सोमबार र मङ्गलबार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली...
फागुन १९
काठमाडौँ -नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन हुनुभएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
बैठकले आज, भोलि र पर्सि दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । ...

