Thursday, July 2, 2026
Home Blog Page 1748
एजेन्सी फागुन १९ मुम्बई - भारत–पाकिस्तानविच जारी विवादमा सामाजिक सञ्जालमा भारतीय सेनालाई सपोर्ट गरेवापत बलिउड नायिका प्रियंका चोपडाको आलोचना सुरु भएको छ । प्रियंका भारतको पक्षमा लागेको भन्दै पाकिस्तानी नागरिकले संयुक्त राष्ट्रसंघलाई ट्याग गर्दै प्रियंकालाई युनिसेफको गुडवील एम्बेस्डरवाट हटाउन माग गरेका छन् । भारतीय एअरफोर्सले पाकिस्तानको बालाकोटमा एयर स्ट्राइक गरेपछि प्रियंकाले ट्वीट गरेकी थिइन् ‘जय हिन्द’ । साथै उनले इण्डियन...
एजेन्सी,फागुन १९, श्रीनगर -भारत-पाकिस्तान तनाव चुलिइरहेका बेला जम्मु-कश्मीरको कुपवाडा जिल्लास्थित हन्दवाडामा आइतवार बिहानसम्ममा ६ जना सुरक्षाकर्मी र दुई चरमपन्थीको ज्यान गएको छ । आइतवार बिहानै भएको भिडन्तमा दुईजना चरमपन्थी मारिएको जानकारी भारतीय सञ्चारमाध्यमले दिएका छन् । यहाँ तीन दिनदेखि मुठभेड चलिरहेको छ । यसैबीच तीन दिनअघि भएको मुठभेडमा घाइते भएका भारतीय केन्द्रीय रिजर्भ फोर्सका एक जवानले शनिबार ज्यान गुमाएका छन्...
फागुन १९ काठमाडौँ -साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य करिब पाँच अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा झरेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।९५ विन्दुले घटेर २३३.८८ विन्दुमा कायम भएको छ । स्टकका अनुसार कूल १७४ कम्पनीको आठ लाख ७३ हजार ४९५...
फागुन १९ काठमाडौँ -नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट २५ प्रतिशत शेयर लाभांश र २३.५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै एक करोड नौ लाख ९२ हजार ३२१ कित्ता बराबरको शेयर लाभांश र रु एक अर्ब तीन करोड ३२...
फागुन १९, सियोल –संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले यस वर्ष संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका छन् । उत्तर कोरियालाई आफ्नो आणविक हतियार कार्यक्रम त्याग्न लगाउने उद्देश्यले कुटनीतिक प्रयत्नका लागि संयुक्त सैन्य अभ्यास रोकेको बताइएको छ । भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अन बीचको शिखर वार्ता विना सहमति टुङ्गिए लगत्तै दक्षिण कोरिया र...
फागुन १९, काठमाडौँ -ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको आइतबार अन्त्यष्टी गरिएको छ । गत बुधबार हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित निधन भएका शेर्पाको आइतबार बौद्ध परम्परा अनुसार काठमाडौंको टेकू दोभानमा अन्त्यष्टि गरिएको हो । पर्यटन व्यवसायीको रुपमा अन्तराष्ट्रिय क्षेत्रमासमेत परिचित रहेका शेर्पाको अन्त्यष्टीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीहरु सहभागी...
फागुन १९ काठमाडौँ -राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष तिमिल्सिनाले आज एक शोक वक्तव्यमार्फत स्व नेता अधिकारीप्रति श्रद्धाञ्जलि एवं शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । नेता अधिकारीको उपचारका क्रममा शनिबार राति ८३ वर्षको उमेरमा निधन भएको थियो । ‘निरङ्कुशता विरुद्धको सङ्घर्षमा गर्नुभएको योगदान र नेतृत्व...
फागुन १९, वीरगञ्ज -राष्ट्रपति विद्यादेवी भण्डारीले महायज्ञहरु पञ्चतत्व, वृक्ष, वनस्पति र प्राणवायुलाई पुष्ट गर्दै प्रकृतिको चक्र र पर्यावरणलाई सन्तुलित गर्नका लागि भूमिका खेल्ने दिशामा लक्षित हुृनुपर्ने बताउनु भएको छ ।वीरगञ्जको आदर्शनगरमा आजदेखि शुरु भएको चारदिने गायत्री अश्वमेघ महायज्ञमा पठाउनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले महायज्ञले नेपालका तीर्थस्थल, पर्यटकीयस्थल, अप्रकाशित महिमा र सांस्कृतिक ज्ञान राशिलाई विश्वसामु परिचित गराउन भूमिका खेल्ने विश्वास व्यक्त...
फागुन १९, काठमाडौ -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिनुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल...
फागुन १९, काठमाडौँ -कडा खालको मानसिक रोगको उपचारका लागि दाजुसँग लगनखेलस्थित मानसिक अस्पताल आएका एक युवक आफ्नै दाजुले छाडेपछि अस्पतालमा अलपत्र छन् । एक महीना पहिले दाजुभाइसँगै अस्पताल आए पनि दुई साता पहिले दाजुले छाडेपछि युवक अहिले अस्पतालमै छन् । मानसिक रोगका बिरामी भएकाले ठेगाना कहिले कता त कहिले कता भन्ने गरेकाले पत्ता लगाउन नसकिएको अस्पतालले बताएको छ । युवकका...