Wednesday, October 7, 2026
Home समाज हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका आङ छिरिङ शेर्पाको बौद्ध परम्परा अनुसार अन्त्यष्टी

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका आङ छिरिङ शेर्पाको बौद्ध परम्परा अनुसार अन्त्यष्टी

101

फागुन १९,
काठमाडौँ -ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको आइतबार अन्त्यष्टी गरिएको छ । गत बुधबार हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित निधन भएका शेर्पाको आइतबार बौद्ध परम्परा अनुसार काठमाडौंको टेकू दोभानमा अन्त्यष्टि गरिएको हो । पर्यटन व्यवसायीको रुपमा अन्तराष्ट्रिय क्षेत्रमासमेत परिचित रहेका शेर्पाको अन्त्यष्टीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका पर्यटन व्यवसायीहरु सहभागी भएका थिए । साथै, विमान चालकहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । शेर्पाको अन्त्यष्टिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता योगेशकुमार भट्टराई, विभिन्न राजनीतिक दलहरु सांसदहरुको पनि सहभागिता रहेको थियो ।