Thursday, October 22, 2026
Home खेलकुद साफ महिला च्याम्पियनसिपः श्रीलंकालाई ४-0 गोलको फराकिलो अन्तरले हराउँदै नेपाल फाइनलमा

साफ महिला च्याम्पियनसिपः श्रीलंकालाई ४-0 गोलको फराकिलो अन्तरले हराउँदै नेपाल फाइनलमा

73

६ चैत
विराटनगर– श्रीलंकालाई फराकिलो अन्तरले पराजित गर्दै नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बुधबार विराटनगरस्थित शहीद रंगशालामा भएको सेमीफाइनल खेलमा श्रीलंकालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। नेपालका लागि पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी, रेखा पौडेलले समान एक गोल गरे।

नेपाल अब शुक्रबार हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन भारत अथवा बंगलादेशको सामना गर्नेछ। प्रतियोगिताको पहिलो सेमिफाइनलमा श्रीलंकाले पहिलो हाफमा बलियो रक्षापंक्तिको नमुना पेस गरेपनि त्यसलाई खेलको अन्त्यसम्म कायम राख्न सकेन्। श्रीलंकामाथि नेपालको यो लगातार जित हो।नेपालका लागि पहिलो गोल पुनम जर्घामगरले गरिन्। उनले ४२ औं मिनेटमा पेनाल्टी बक्सभित्र पाएको पासलाई नजिकको दूरीबाट गोल गरेकी हुन्। दोस्रो गोल अनिता वस्नेतको नाममा रह्यो र यो ७३ औं मिनेटमा सम्भव भयो। सावित्री भण्डारीले ८२ औ मिनेटमा हेडबाट तेस्रो गोल थपिन्। रेखा पौडेलले ८६ औं मिनेटमा चौथो गोल गरिन्।
अर्को सेमिफाइनलमा भारत र बंगलादेश आज दिउँसो ३ बजे भिड्दैछन्।