२ वटा रेल किन्न ८४ करोड ६५ लाख स्वीकृत

66

चैत ७,
काठमाडौँ सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा २ वटा रेल किन्ने भएको छ । सरकारले जी टु जी प्रकृयाबाट रेल किन्न लागेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले चैत ४ गते बसेको मन्त्रिपरिषद बैठकले विभागलाई स्वीकृती दिएको बताए । भारतीय सरकारी कम्पनी कोकान रेलवेयस कर्पोरेसन लिमिटेडमार्फत २ वटा डीईएमयू रेल किन्नका लागि रेल विभागलाई स्वीकृति दिएको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले जानकारी दिएका हुन् ।