चैत ८,
काठमाडौँ -काठमाडौँ महानगरपालिकाले बाघदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको उक्त दरबार भत्काएर नयाँ बनाउने कामनपाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेकाले सो योजना बिफल भएकोे हो । सर्वोच्चले काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको भवन अर्थात् बागदरबार नभत्काउन आदेश दिएको छ । बाघदरबार नभत्काउन माग गर्दै सर्वाेच्च अदालतमा परेको रिट निवेदनमा...
चैत ८,
विराटनगर -नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ को आज भएको निर्णयअनुसार सो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिनुभयो ।मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल...
चैत ८,
काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउ पूर्जी जारी गरिदिन्छु भन्दै पटकपटक कार्यालयमा बोलाई डरधम्की देखाइ सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ ।नासु फुयाँलले सेवाग्राहीसँग...
चैत ८,
काठमाडौँ -धुवाँ नफाली फोहोर जलाएर खरानी बनाउने प्रविधि परीक्षण गरिने भएको छ । इरमा इन्टरनेसनल कम्पनीले जापानी प्रविधि ‘वेस्ट टु वेल्थ’ नेपाल भित्र्याउन लागेको हो । सहरी क्षेत्रको फोहोर व्यवस्थापनमा चुनौती थपिइरहेका वेला कम्पनीले वातावरणमैत्री प्रविधि ल्याउन लागेको दाबी गरेको छ । ‘यो प्रविधिले प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापन गर्न सहज हुनेछ,’ कम्पनीका अध्यक्ष प्रभाकर शाहले भने ।कम्पनीले...
चैत ८,
सर्लाही -सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा गए राति श्रीमान्ले धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर जिल्लाको सुरुङ्गा नगरपालिकाका रामजी विश्वकर्माले आफ्नै ३३ वर्षीया श्रीमती सुनितालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक सुनिता बरहथवाको चक्र जनता...
चैत ८
काठमाडौँ -नेपालका सार्वजनिक यातायातमा जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) राख्न विश्व बैंकले सहयोग गर्ने भएको छ। विश्व बैंकले २०१९ को डिसेम्बर (२०७६ पुस १५) भित्र काम सक्ने गरी यो प्रोजेक्टका लागि ‘नो अब्जेक्सन’ दिएको यातायात व्यवस्था विभागले जानकारी गराएको छ। विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायका अनुसार विश्व बैंकको स्वीकृतिसँगै प्रोजेक्टको मोडालिडी बनाउनले पक्रिया सुरू भएको छ।‘अब हामी कन्सल्टेन्ट नियुक्त गर्छौं,...
चैत ८
काठमाडौँ -नेपाल र कुवेतबीच भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको छ । गत राति भएको खेलमा नेपाली टिमका गोलरक्षक किरणकुमार चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आक्रामक टोली कुवेतलाई ०–० मा रोकेको हो । खेल समयभरि पोस्ट जोगाउन निकै व्यस्त बनेका किरणले दर्जनौं प्रहार बचाएका थिए । नेपाली टोलीलाई भने कुवेतको आक्रमण लाइन रोक्न निकै व्यस्त हुनु परेको थियो...
चैत ८, बबिीसी,
काठमाडौँ -पूर्वी चीनको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको ज्यान गएको र ६४० जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। पूर्वी चीनको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको ज्यान गएको र ६४० जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले...
चैत ८,
गौशाला महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त गराएको छ । गत फागुन १९ गते अपहरणमा परेका गौशाला नगरपालिका–८ बस्ने २९ वर्षीय सुरेश साहलाई महोत्तरी प्रहरीले भारत बिहारको बेतियास्थित (एसटीएफ) प्रहरीको सहयोगमा हिजो बिहीबार अपहरणमुक्त गराउन सफल भएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।फागुन २२ गते सुरेश...
चैत ८,
काठमाडौँ -रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ ।विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायत प्रणालीबाट आवेदकले कुनै लाइन नबसी दरखास्त दस्तुर बुझाउन सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका निर्देशक कृष्णप्रसाद खनालले गतवर्षदेखि आवेदन फाराम भर्ने प्रक्रिया...



