चैत ११,
काठमाडौँ -प्रधानमन्त्री ओलीले संसदको हिंउदे अधिवेशन सकिएकोले साँसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिएका छन् ।नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकलाई सोमवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न साँसदहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । ‘तपाईंहरु...
चैत ११
सियोल -उत्तर कोरियाले आफ्ना कर्मचारीलाई अन्तर–कोरियाली सम्पर्क कार्यालयमा पुनः फिर्ता पठाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भियतनामको हनोईमा भएको वार्ता विनानिष्कर्ष टुङ्गिएपछि उत्तर कोरिया र अमेरिकाबीच अन्यौल बढिरहेका समय गत हप्ता प्योङयाङले एक तर्फीरूपमा आफ्ना कर्मचारीलाई उक्त कार्यालयबाट फिर्ता बोलाएको थियो । तर कर्मचारी फिर्ता बोलाएको केही दिनमै उत्तर कोरियाले आफ्ना केही कर्मचारीलाई सम्पर्क कार्यालयमा...
चैत ११,
वीरगञ्ज -पुस्तौँदेखि उही थातथलोमा गुजारा गर्दै आए पनि ईन्द्रदेव विश्वकर्माले अहिलेसम्म जग्गाको लालपुर्जा देख्नसमेत पाउनुभएको छैन । “आफ्नै जीवनमा लालपुर्जा बने हुन्थ्यो, छोरानातीले जग्गा नहुनाको पिडा भोग्न नपरोस् उहाँले भन्नुभयो ।” बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–१६टाँगियाबस्तीमा १४ हजार ७६ घरधुरीले घर कहाँ भन्दा ‘टाँगियाबस्ती’ भन्छन् तर त्यहाँ उनीहरुको नाममा जग्गा छैन । विश्वकर्मा, सुनार, तामाङ, मगर, कामी, दमाइँ,...
चैत्र ११,
काठमाडौँ -जापानले नेपालबाट नेपाली कामदार लैजाने विषयमा दुई देशबीच सोमबार दुवै देशका अधिकारीहरूले ललितपुरमा एक सम्झौतामा हस्ताक्षर गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा नेपाल सरकारका तर्फबाट कार्यवाहक सचिव रामप्रसाद घिमिरे तथा जापानका तर्फबाट जापानी राजदूत मासामिची साइगोले तोकिएका दक्ष कामदार भनिएको वर्गअन्तर्गत नेपाली श्रमिकहरू पठाउने विषयमा सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।जापानले...
चैत ११,
दाङ -दाङमा एक नाबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार राप्ती गाउँपालिका–१ बगाहसोती निवासी हिमाल राना मगरकी एक महीनाकी छोरी सङ्गीताको जलेर मृत्यु भएको हो ।प्रहरी नायब उपरीक्षक शाहले हिमालका अन्दाजी ४ वर्षीय छोरा अमितले उनकी बहिनी सङ्गीता सुतिरहेको कपडामा खेल्ने क्रममा आइतबार बेलुका ७:३० बजे...
चैत ११,
विराटनगर -उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले सुरक्षा परिषद्को बैठक नबसेको खण्डमा अध्यक्षको नाताले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकको प्रस्ताव राष्ट्रपतिबाट सदर भएपछि मात्र सेना परिचालन हुने स्पष्ट पार्नुभयो । उहाँले सेना परिचालनको एक महीनापछि प्रतिनिधिसभाबाट उक्त प्रस्ताव पास हुनुपर्छ...
चैत ११,
काठमाडौँ -‘विप्लव’ नेतृत्वको नेकपाका प्रभावशाली नेता घनश्याम श्रेष्ठ ‘पुष्कर’ पक्राउ परेका छन् । पूर्वी कमान्डअन्तर्गतको कोशी ब्युरो संयोजकका रुपमा रहेका श्रेष्ठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । विप्लव नेकपाका नेता कार्यकर्तालाई धमाधम पक्राउ गर्ने सिलसिलामा प्रहरीले उनीहरुलाई पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरी, मोरङ क्षेत्रबाट पक्राउ गरेको हो । यसअघि प्रहरीले सो पार्टीका मध्यक्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’...
चैत ११,
कञ्चनपुर -कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा निलम्बित डीएसपी अंगुर जिसी अदालत उपस्थित भएका छन्। जिसी सोमबार बिहान कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन्। सिआईबीका निलम्बित डिएपसी जिसीमाथि पनि निर्मला बलात्कार हत्या प्रकरणमा प्रमाण नष्ट गरेको, अभियुक्त भनी पक्राउ गरिएका दिलिपसिंह विष्टलाई यातना दिएकोलगायतका आरोप छन्। जिसीमाथि बयान लिन सुरु गरिएको अदालतका...
चैत ११,
भद्रपुर -नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताउनुभएको छ । झापाको विर्तामोडमा नेपाल प्रेस युनियनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीका विभिन्न नेताले महाधिवेशनको लाइन विपरीत बोलेका विचार निजी हुने स्पष्ट पार्नुभयो ।“नेपाली काङ्ग्रेस लोकतान्त्रिक पार्टी भएकाले आफ्नो अलग्गै...
चैत ११,
काठमाडौं -नेपाल र जापानबीच श्रम सम्झौता हुने भएको छ। दिउँसो एक कार्यक्रमका बीच कामदार आपूर्तिबारे सहकार्यको समझदारी (एमओसी) मा दुई देशबीच हस्ताक्षर हुन लागेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूतबीच समझदारीमा हस्ताक्षर हुनेछ। श्रम प्रवक्ता डा. नारायण रेग्मीका अनुसार सरकारी संयन्त्रबाटै कामदार लैजाने गरी समझदारी हुन लागेको हो।जापानले नेपालसहित नौ...



