Home Blog Page 1699
चैत ११, काठमाडौँ -समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको काङ्ग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । साथै बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम कारवाहीलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी...
जम्बाला लामा- अर्थात नेपाल महलको रक्षक (चौकिदार) २०७४ को आम निर्वाचनबाट जनताले मत जाहेर गरी चुनेर पठाएका प्रतिनिधिहरु हुन, यी संघीय सांसदबाट प्रत्यक्षमा १६५ र समानुपातिक तर्फबाट ११० समग्रमा २७५ जना सांसदहरु चुनिएको थियो । र प्रदेश सभालाई पनि प्रत्यक्ष तर्फबाट ३३० र समानुपातिक तर्फबाट २२० जनालाई जनताले मत जाहेर गरी जनमतबाट ५५० जनालाई चौकिदार (रक्षक) मा चुनेर पठाएको थियो...
चैत ११, काठमाडौँ -आजदेखि तीन दिनसम्म वर्षा हुने र हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विमागले पूर्वानुमान गरेको छ । सोमबार पश्चिमी क्षेत्रमा, मंगलबार देशभरी र बुधबार पूर्वी क्षेत्रमा वर्षा हुने मौसमविदहरुले जनाएका छन् । मेडिटेरानियन सीबाट नेपाल आएको जलवाष्पयुत्त हावाका कारण नेपालको मौसममा परिर्वतन आएको हो ।आज देशको पश्चिमी भूभागमा र अन्य...
चैत ११, हुम्ला -जिल्लाका निर्माण भइ सक्नुपर्ने नौवटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्रमा परेका छन् । झोलुङ्गे पुलका ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा रहेका नौ वटा झोलुङ्गे पुल अलपत्रमा परेका हुन ।सम्झौता गरेको समयसम्म ठेकेदारले सामान ढुवानी नगरेपछि जिल्लाका विभिन्न गाउँ जोड्ने पुल निर्माणका कामसमेत रोकिएका छन् । २०७२ सालमा टर्सी काग्रो ढुवानी सेवाका सोनाम...
चैत ११, काभ्रेपलाञ्चोक -पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ । वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रप्रमुख युवराज पाण्डेले बताउनुभयो । उहाँले केन्द्रमा आलुको पूर्व मूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिनुभयो । आलुको बीउ उत्पादनका लागि कुनै प्रकारका किरा छिर्न नसक्ने दुईवटा...
चैत ११, काठमाडौँ -एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भएपछि नेपाल समूह ए बाट बाहिरिएको हो । यसअघि नेपाल ओमनसँग पराजित भएको थियो ।कतारको जितमा कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले दुई दुई गोल गरे भने...
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)समय तथा परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनि गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफुले मन पराएको मानिससँग दुरि बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गरेपनि आम्दानि थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गालि खाईनेछ । भौतिक सम्पति तथा सवारि...
नेपाल समाचारपत्र चैत ११, काठमाडौं । नेपालमा कृषि र जलविद्युत्सँगै पर्यटन क्षेत्रले देशको आर्थिक विकासमा टेवा पु¥याउँदै आएको छ । अर्थतन्त्रको दिगो स्रोत मानिएको आन्तरिक पर्यटनको प्रवद्र्धनले पछिल्लो समय आशा जागृत हुँदै गएको छ । चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनले वार्षिक २ लाख पर्यटक भित्र्याएर २ करोड रुपियाँ आम्दानी गर्न सफल भएको छ । हात्ती सयर,...
नेपाल समाचारपत्र चैत ११, काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधिहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्ने क्रम तीव्र रुपमा बढिरहेको बेला रामेछापको दोरम्बा गाउँपालिका–४ का अध्यक्ष चन्द्रबहादुर थापा मगरले भने उदाहरणीय काम गरेर जनताको मन जित्ने कोशिस गर्नुभएको छ । गौश्वरास्थित सुब्बाथानका ८ बर्षिय बालक मानबहादुर मगर चैत ६ गते घर भत्काइरहेको तलाबाट लडेर गम्भीर घाइते भएका थिए...
नयाँ पत्रिका चैत ११, काठमाडौं । विद्यार्थीबाट अवैध शुल्क उठाएको सरकारी छानबिन टोलीले ठहर गरेको छ । बढी लिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न र कलेज सञ्चालकलाई कारबाही गर्न टोलीले सरकारलाई सिफारिस गरेको छ । कलेजले अवैध शुल्क उठाएको र त्यसको विरोध गर्ने विद्यार्थीलाई आन्तरिक परीक्षामा फेल गरिएको समाचार नयाँ पत्रिकाले प्रकाशित गरेपछि प्रधानमन्त्री केपी ओलीले गम्भीर चासो व्यक्त गरेका थिए । उनकै...