चैत १४,
काठमाडौँ -पर्यटकीय सवारी साधन चलाउने चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । नेपाल पर्यटन बोर्ड र भृकुटीमण्डस्थित पर्यटक प्रहरी एकाइको आयोजनामा आज यहाँ सञ्चालित ‘पर्यटक सवारी चालक अनुशिक्षण कार्यक्रम’मा पर्यटकको सुविधाका लागि पर्यटकीय सवारी साधनका चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिइएको हो ।पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भन्नुभयो, “पोशाक र परिचयपत्र अनिवार्यका लागि...
चैत १४,
चौतारा -राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्रबहादुर ठकुरीलाई रु २५ हजार तथा अन्य १३ लाई जनही रु छ हजार धरौटीमा रिहा गर्ने आदेश गरेको हो । थुनामा रहेका रविता...
चैत १४
काठमाडौँ -राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रदेश–२ मा बिहीबार सञ्चालन भएको एसईई परीक्षा रद्ध गरेको छ । बिहीबारका लागि तयार भएको विज्ञान विषयको प्रश्नपत्र बुधबार नै सार्वजनिक भएको खुलासा भएपछि बोर्डले परीक्षा रद्ध गर्ने निर्णय गरेको हो । बिहीबार रद्ध भएको प्रदेश २ को विज्ञान विषयको परीक्षा चैत २२ गते गर्ने निर्णय भएको परीक्षा नियन्त्रक ९कक्षा १०० विष्णु अधिकारीले...
चैत १४,
काठमाडौँ जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा दिइएको जानकारीअनुसार प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै शयेर परेको छ ।यस्तै ऊर्जामन्त्री वर्षमान पुनलाई २० कित्ता, पूर्वसभामुख ओनसरी घर्तीलाई पनि २०...
चैत १४,
काठमाडौँ -काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तत्काल नौ स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको छ । उपत्यकामा दिनानुदिन बढ्दै गएको सवारी साधनले मानिसलाई सडकमा आवतजावत गर्न समस्या भएको भन्दै तत्काल नौ स्थानमा आकाशे पुल निर्माण गर्नुपर्ने भएको हो ।नयाँबानेश्वर, पुतलीसडक, केशरमहल, कालिमाटी चोक, थापाथली चोक, कोटेश्वर चोक, चावहिल, गौशाला चोक र नारायणगोपाल चोकमा आकाशे पुल निर्माण...
चैत १४
काठमाडौँ -आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सरकारले निःशुल्क रुपमा विद्युत्को मिटर वितरण गर्न थालेको छ । चालू आर्थिक वर्षको बजेटमा समेत आर्थिकरुपमा विपन्न समुदायलाई निःशुल्क रुपमा मिटर दिने व्यवस्था गरिएको छ । सोही व्यवस्थालाई देशव्यापी रुपमा नै कार्यान्वयन गर्न थालिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।अभियानकै रुपमा मिटर वितरण गर्ने कार्यलाई नेपाल विद्युत् प्राधिकरणले आना वितरण केन्द्रमार्फत्...
चैत १४,
काठमाडौँ -ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र बङ्गलादेशबीच द्विपक्षीय र बहुपक्षीय स्तरमा ऊर्जा क्षेत्रमा साझेदारी रहेको बताउनुभएको छ । यहाँस्थित बङ्गलादेशी राजदूतावासले आज राजधानीमा आयोजना गरेको नेपाल–बङ्गलादेश व्यापार मञ्चको बैठकमा उहाँले सन् १९७२ मा नेपाल र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध कायम भएयता द्विपक्षीय सम्बन्ध अझ सुदृढ बन्दै गएको बताउनुभयो ।हार्दिकता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित...
चैत १५,
बेइजिङ -संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा बिहीबार शुरु हुँदैछ । विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै देशका वरिष्ट अधिकारीहरुको वार्ता घनिभूत रुपमा अगाडि बढेको छ ।अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङ आइसक्नु भएको छ...
चैत १४,
जनकपुरधाम -नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले अख्तियारले ठूला काण्डलाई संरक्षण दिइ स–साना काण्डमा मात्र केन्द्रित रहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अख्तियारले ठूला काण्डलाई संरक्षण दिईरहेको बताउनु भएको हो ।
वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालत र अख्तियारलाई पनि आफ्नो इशाराबाट निर्दिष्ट गरेको आरोप लगाउँदै वाइडवडी...
चैत १४,
हुम्ला -जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ । अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीवासीको छ । सर्केगाड गाउँपालिका रिपस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा यहाँको बिरामीलाई उपचारका लागि बोकेर एक दिन पैदल हिँडेर जिल्ला अस्पताल सिमकोट...




