Wednesday, October 7, 2026
Home ताजा अपडेट ह्वावेको पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू नेपालमा सार्वजनिक

ह्वावेको पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू नेपालमा सार्वजनिक

157

चैत २५,
काठमाडौँ -ह्वावेको पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू नेपालमा सार्वजनिक गरिएको छ। ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू– ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र ह्वावे पी ३० लाईट सार्वजनिक गरिएको हो। नेपाली बजारमा ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र ह्वावे पी ३० लाईट स्मार्टफोनको ब्रिक्री चैत्र २९ बाट सुरू हुँदैछ।त्बतब ल्भहअयल ब्ःत्

ह्वावे पी ३० प्रोको मूल्य १ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ भने ह्वावे पी ३० को मूल्य ८४ हजार ९०० रूपैयाँ तोकिएको छ। ह्वावे पी ३० लाईट को मूल्य ३९ हजार ९ सय ९० रूपैयाँ पर्दछ। अग्रीम बुकिङ भने चैत्र २७ बुधबारसम्म गर्न सकिनेछ। ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू शून्य ब्याजदरमा खरिद गर्न कम्पनीले नबिल बैंक, माछापुच्छ्रे बैंक, मेघा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमआई बैंक, सेन्चुरी बैंक, एनआईसी एसिया, एनएमबी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकसँग सहकार्य गरेको छ।

ह्वावे पी ३० सिरिजमा फोटोग्राफी र डिजाइनमा ह्वावे पी सिरिज डिएनएमा आधारित रही निर्माण गरिएको छ र कम्पनीकै सबैभन्दा अत्याधुनिक सिरिजको स्मार्टफोन क्यामरा जडान गरिएको छ।