Tuesday, July 7, 2026
Home Blog Page 1669
-नेपाल समाचारपत्र चैत २५, सरकारले देशको कुनाकाप्चासम्म आफ्नो पहुँच विस्तार गरेको छ । राज्यले निर्वाह गर्नुपर्ने दायित्व र जिम्मेवारी सोही संयन्त्रमार्फत गर्दै आएको छ । संघीय व्यस्थाअनुसार तीन तहको सरकार गठन भएको छ । संघ, प्रदेश र स्थानीय तहका सरकारले विकास र समृद्धि नै एक मात्र लक्ष्य बनाएका छन् । दुई तिहाइ बहुमत प्राप्त नेकपा नेतृत्वको सरकार गठन भएको...
नेपाल समाचारपत्र चैत २५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चुलिएको आन्तरिक विवादका कारण एघार महिनादेखि सांगठानिक एकता प्रक्रिया अलपत्र परेको छ । तीन महिनाभित्र टुंगो लगाउने भनिएको सांगठानिक एकताको काम एक वर्ष पुग्न लाग्दा समेत टुंगो लाग्न सकेको छैन् । सांगठानिक एकीकरणको काम टुंगो लगाउन गठित कार्यदल पनि असफल हुँदै आएको छ । पार्टी एकताको बाँकी काम...
चैत २४, काठमाडौँ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संवैधानिक व्यवस्थाअनुसार नै भएको कर्मचारी समायोजनलाई मान्दिनँ भन्ने छुट कसैलाई नभएको बताएका छन्। समायोजनमा नजाने कर्मचारीका बारेमा वैकल्पिक व्यवस्था गर्न सरकार तयार रहेको उनको चेतावनी दिएका छन्। समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सक संघ नेपालले सुरु गरेको सेवा बहिष्‍कार आन्दोलनबारे सोधिएको प्रश्नमा मन्त्री पण्डितले यस्तो बताएका हुन्।‘संविधानले समायोजन...
चैत २४, एजेन्सी, जकार्ता– इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको थियो ।भूकम्पबाट सुनामीको खतरा नरहेको केन्द्रका अब्दुल रोसिदले बताए । केन्द्रका जमिनको सतहबाट निकै तल्लो भागमा भूकम्पको केन्द्र रहेकाले भूकम्पको धक्का कमजोर महसुस गरिएको पनि उनले जानकारी दिए...
चैत २४, काठमाडौँ– धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७ दशमलव १६ विन्दुले बढेर एक हजार १८२ दशमलव ३६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ४१ विन्दुले बढेर २५२ दशमलव ९८ विन्दुमा पुगेको छ ।कूल १६८ कम्पनीको...
चैत्र २४, सिन्धुली —नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ताले सिन्धुली प्रशासनसमक्ष आइतबार आत्मसमर्पण गरेका छन् । उनले आत्मसर्मपण गर्दै पार्टी परित्यागको घोषणा गरेका छन् । रामेछापको खाडादेवी गाउँपालिका(१ राकाथुमका प्रेमबहादुर श्रेष्ठले आत्मसमपर्ण गरेका हुन् । उनी विप्लव समूहको भातृ संगठन ताम्सालिङ स्वायत्त प्रदेशका उपप्रमुख हुन् । हाल सिन्धुलीको सुनकोसी गाउँपालिका(५ मा उनले ईँटा उद्योग सञ्चालनमा ल्याएका छन् ।चन्दसमूहले अख्तियार...
चैत २४, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न सबै निकायलाई कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिन पनि सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न पनि सचेत गराए । आईतबार सिंहदरबारमा बसेको गरिवी निवारणको कोषको ७० औं सञ्चालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाईए सैह्य नहुने चेतावनी...
चैत २४, एजेन्सी, काठमाडौँ -फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले आजभन्दा २ सय वर्ष पहिले आफ्नी पत्नी जोसेफिनलाई लेखेका ३ वटा प्रेमपत्र सवा पाँच करोड रुपैयाँ भन्दा धेरै मूल्यमा लिलाम भएका छन् । सन् १९७६ देखि १८०४ को बीचमा लेखिएका ती प्रेमपत्र कूल ५ लाख १३ हजार युरोमा बिक्रि भएका हुन् । बिहीबार फ्रान्सको ड्रोउट अक्सन हाउसमा ती प्रेमपत्रको लिलामी ग्रिएको थियो...
चैत २४,बीबीसी, काठमाडौँ -गत हप्ता तराईका दुई जिल्लामा जनधनको ठूलो क्षति पुर्‍याउनेगरी आएको शक्तिशाली हावाहुरी 'टोर्नाडो' भएको जल तथा मौसम विज्ञान विभागको प्रारम्भिक अध्ययनले देखाएको छ। घटनाबारे प्राप्त विवरण र प्रकृति एवम् भू-उपग्रहबाट खिचिएका तस्बिरको विश्लेषण गरेर यस्तो प्रारम्भिक निष्कर्ष निकालिएको विभागका महानिर्देशक सरजु कुमार वैद्यले बताएका छन्। उक्त घटनाबारे जानकारी लिन विभागसहित अन्य विभिन्न निकायका अधिकारीहरू बारा र पर्सामा...
चैत २३, भक्तपुर । राष्ट्रको सेवा गर्न चाहानेहरुका लागि धेरै काम हुन्छन् । तर एकाथरी मानिसहरु सुरक्षा फौजमा सहभागी भएर देशको रक्षक बन्न चाहान्छन् । यहिँ अनुसार गत जेठमा सशस्त्र प्रहरी जवान पदकालागि छनोट हुन सफल व्यक्तिहरुले आइतबार ३७ हप्ताको तालिम पुरा गरेका छन् । भक्तपुर दुवाकोट स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण गुहेश्वरीमा ७५ तालिमबाट दिक्षित भएका...