चैत २७, बीबीसी,
काठमाडौँ -भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामा अस्वस्थ भएपछि दिल्लीस्थित एउटा अस्पताल भर्ना भएका छन्। उनलाई छातीमा सङ्क्रमण भएको तर उनको स्थिति स्थिर रहेको बताइएको छ। उनी ८३ वर्षका भए। उनका सहयोगी तेन्जिन ताक्लाका अनुसार दलाई लामालाई केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् हिमाचल राज्यको धर्मशालाबाट दिल्ली लगिएको थियो। चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि ६० वर्षअघि...
चैत २७,
काठमाडौँ –आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ । महानगरको शिक्षा विभागले निजी विद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
विद्यालय सञ्चालनको अवस्था र व्यवस्थालाई आधार बनाएर तोकिएका सूचकका आधारमा विद्यालय वर्गीकरण तथा शुल्क तोकिएको...
चैत २७,
भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु भएको छ ।
यो जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पु¥याएर सम्पन्न हुनेछ । त्यसैगरी जात्राको आवश्यक सबै तयारी पूरा भएकाले आज दिउँसोबाट जात्रा सञ्चालन गरिनेछ । बिस्केट जात्राको पहिलो...
नयाँ पत्रिका
चैत २७, काठमाडौं । समायोजन भएर स्थानीय तहमा गएको चिकित्सक सोही जिल्लाको अर्को स्थानीय तहमा सरुवा हुन पाउँदैन भन्दै सरकारी चिकित्सक आन्दोलित छन् । उनीहरूको आन्दोलनले पाँच दिनदेखि सरकारी अस्पताल ठप्प छन् । तर, समायोजनको नेतृत्व गरिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐनमा भएको व्यवस्था पनि प्रस्ट पार्न खोजेको छैन । समायोजन ऐन, २०७५ ले समायोजन भएर...
नेपाल समाचारपत्र,
चैत २७, काठमाडौं । तारागाउँ रिजेन्सी (हायात) होटलले सरकारी सम्पत्ति हिनामिना गरेको तथ्य लुकाउन राजनीतिक दाउपेज शुरू भएको छ । संसदीय समिति एवम् सरकारी छानविन समितिले तारागाउँ रिजेन्सी (हायात) होटलमा सरकारी सम्पत्ति हिनामिना गरेको प्रतिवदेन दिएपछि त्यसलाई तुहाउन राजनीतिक दाउपेज शुरू भएको हो ।
छानविन प्रतिवेदन चुहाउन पहिले नै चलखेल भए पनि त्यो सम्भव नभएपछि प्रतिवेदन कार्यान्वयन नगराउन...
चैत २७,
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ तर्खगालमा बर्डफ्लु भेटिएको छ । मधुराम न्यौपानेले संचालन गरेको अनुस्कृत पोल्ट्री फर्ममा रहेका २ हजार २ सय कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएको हो । भेट्नरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र ललितपुरका बरिष्ठ पुश बिकास अधिकृत नारायण श्रेष्ठ सहित १० जनाको टोलिले मंगलबार कुखुरा नष्ट गरेको छ ।
केही दिन अगाडीमात्र दधिकोट तर्खगालको सञ्चालित...
-रशिला होमागाई
चैत २६, भक्तपुर । पदमा उच्च मावि तथा कलेजले नयाँ वर्ष २०७६ तथा बिस्केट जात्राको अवसर पारेर शुभकामना ¥यालीको आयोजना गरेको छ । विद्यालय परिसरबाट सुरु भएको ¥यालीले भक्तपुर नगरपालिकाको विभिन्न स्थानहरुको परिक्रमा गरेको थियो । उक्त ¥यालीमा विद्यालय तथा कलेजका विद्यार्थी, शिक्षकहरुको सहभागिता रहेको थियो । नयाँ शैक्षिक सत्र २०७६का लागि विद्यालयमा साधारण तर्फ प्ले ग्रुपदेखि कक्षा...
चैत २६,
काठमाडौँ -नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपामा आउनु पर्ने बताएका छन्। विप्लव निकट युवा संगठनका नेता कार्यकर्तालाई मंगलबार आफ्नै निवास खुमलटारमा पार्टी प्रवेश गराउँदै प्रचण्डले ढिलो चाढो विप्लव पनि यसैगरी नआई सुखै नभएको बताएका हुन्।‘नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रको बृहत्तर हितका लागि हामी आफैंले लडेर जे उपलब्धि ल्याएका छौं, त्यसको रक्षा गर्ने र नयाँ...
चैत २६,
काठमाडौँ -छक्का पञ्जा सिरिज छोडेर यो टिमले नयाँ फिल्म घोषणा गरेको छ। उनीहरूले आफ्नो फिल्मको नाम ‘छ माया छपक्कै’ राखेका छन्। दीपकराज गिरी र दीपाश्री निरौलासँग मिलेर रोहित अशिकारीले फिल्ममा लगानी गर्न लागेका हुन्।नाफको ५०/५० प्रतिशत लिने र पूर्ण लागत खर्च रोहित अधिकारीले गर्ने गरी फिल्म निर्माण गर्न लागिएको हो। सोमबार फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिएको...
चैत २६,
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहितले सम्पदा संरक्षणमा विदेशीको भर पर्नु गलत हुने बताएका छन् । उनले नयाँ पुस्तालाई पुरानो शैलीको घर निर्माण गर्न डकर्मी र सिकर्मी तालिमहरू दिनु आवश्यक भएको समेत बताए । भक्तपुर नगरपालिका वडा नं. १ मा क्रियाशील उपभोक्ता समितिबीचको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षण गर्न...



