दीपक र दीपाश्रीको नयाँ फिल्मको नाम , ‘छ माया छपक्कै’, दसैंमा प्रदर्शन हुने

87

चैत २६,
काठमाडौँ -छक्का पञ्जा सिरिज छोडेर यो टिमले नयाँ फिल्म घोषणा गरेको छ। उनीहरूले आफ्नो फिल्मको नाम ‘छ माया छपक्कै’ राखेका छन्। दीपकराज गिरी र दीपाश्री निरौलासँग मिलेर रोहित अशिकारीले फिल्ममा लगानी गर्न लागेका हुन्।

नाफको ५०/५० प्रतिशत लिने र पूर्ण लागत खर्च रोहित अधिकारीले गर्ने गरी फिल्म निर्माण गर्न लागिएको हो। सोमबार फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिएको हो। अहिले फिल्मको गीत संगीत र स्क्रिप्टको काम भइरहेको छ। स्क्रिप्टका लागि दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, अभिमन्यु निरभीलगायतका टिम पोखरामा छन्।

कमेडी कथामा नै निर्माण हुने फिल्ममा कथा र निर्देशन दीपेन्द्र लामाको हुनेछ। फिल्मको छायांकन हरी हुमागाईंले गर्ने दीपाश्रीले बताइन्। फिल्मको छायांकन वैशाखबाट हुनेछ। फिल्म ०७६ सालको दसैंमा प्रदर्शनमा आउने छ।

फिल्ममा दीपकराज, गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, दिपाश्री निरौलासहितका कलाकारको अभिनय रहनेछ। रोहित अधिकारी फिल्मसको ब्यानरमा फिल्म निर्माण हुने फिल्ममा आमा सरस्वती मुभिजले सहकार्य गर्दैछ। फिल्मका लागि नायिका खोजी भइरहेको छ।