Tuesday, October 13, 2026
Home ताजा अपडेट प्रहरीलाई घुस दिन खोज्दा गाडीचालक पक्राउ

प्रहरीलाई घुस दिन खोज्दा गाडीचालक पक्राउ

560

चैत २७
काठमाडौ–प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने गाडीचालक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वरमा प्रहरीलाई १ हजार रुपैयाँ दिन खोज्दा धादिङ घर भई सतुंगल बस्ने ३३ वर्षीय एकबहादुर तामाङ मंगलबार दिउँसो पक्राउ परेका हुन् । महानगरीय प्रहरी ट्राफिक प्रभाग थापाथलीको टोलीले उनको बा २ ख ६१८६ नम्बर गाडी जाँच गर्न लाग्दा तामाङले एक हजार रुपैयाँ दिन खोजेका थिए ।
उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।