Wednesday, September 23, 2026
Home ताजा अपडेट वीर अस्पतालमा कार्यकक्ष बाहीर बिरामी जाँच्दै डाक्टर

वीर अस्पतालमा कार्यकक्ष बाहीर बिरामी जाँच्दै डाक्टर

48

चैत २७,
काठमाडौँ –आन्दोलनरत सरकारी डाक्टरहरुले वीर अस्पतालको ओपीडी कक्षमा लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । वीर अस्पतालले बिहीबार ओपीडीको टिकट काटिएको र डाक्टरहरुले आफ्नो कार्यकक्षभन्दा बाहिर बिरामी जाँचिरहेको जनाएको छ । अस्पताल प्रसासनका अनुसार डाक्टरहरुले अस्पतालको आँगनमा बिरामी जाँच्न थाले पनि अत्यावश्यक बाहेकका अपरेसनको काम भने गरेका छैनन् । यसबाट अपरेसनको डेट लिएर भर्ना भएका बिरामीहरुको कहिले अपरेसन हुने भन्ने ठेगान छैन ।

सबै सरकारी डाक्टरहरुलाई केन्द्रमा समायोजन गर्न माग गर्दै सरकारी डाक्टरहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेको पाँच दिन बितिसकेको छ । डाक्टरहरुको आन्दोलनबाट बिरामीहरुको बिचल्ली भएको छ । सधैंजस्तै बुधबार पनि सरकारी डाक्टरहरु वीर अस्पताल परिसरमा धर्नामा बसेका बेला प्रहरीले ओपीडी कक्ष खुलाएको हो ।